Tag Archives: mainnews

बञ्चरेडाँडामा झडप, फोहोर फाल्न अवरोध गर्ने पक्राउ

काठमाडौं । बञ्चरेडाँडामा फोहोर व्यवस्थापनको विषयलाई लिएर प्रहरी र स्थानीयबीच झडप भएको छ । स्थानीयको विरोधका बीच प्रहरीले स्कर्टिङ गरेर फोहोरको गाडी लैजान खोज्दा झडप भएको हो । सो क्रममा नुवाकोट प्रहरीले स्थानीय एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी प्रवक्ता रुपक खड्काका अनुसार एक जनालाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा दिपेश कार्की रहेका खड्काले जानकारी दिए । जबरजस्ती फोहोर बन्चरेडाँडामा फाल्न थालेपछि स्थानीयले विरोध गर्दै आएका छन् । …

पुरा पढ्नुहॊस »

भूमिहीन सुकुम्बासीलाई ३५ दिनभित्र जग्गाका लागि निवेदन दिन सूचना

काठमाडौँ । भूमिहीन सुकुम्बासीलाई ३५ दिनभित्र जग्गाका लागि निवेदन दिन आग्रह गरिएको छ । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको निवेदन दिन सूचना निकालेको हो । योगले जारी गरेको सूचनामा ४६ जिल्लाका विभिन्न स्थानीय तहलाई निवेदन दिन आग्रह गरेको छ । बुधबार सूचना निकाल्दै आयोगले सूचना जारी भएको ३५ दिनभित्र निवेदन दिन अनुरोध गरेको छ ।

पुरा पढ्नुहॊस »

सिंहदरबारमा ग्यास सिलिण्डर लैजान रोक

काठमाडौँ । सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक लगाइएको छ । खाना पकाउन बिजुलीको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी नीति अनुसार आजबाट सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान रोक लगाइएको हो । सिंहदरबारको गेटमा खटिएका सुरक्षाकर्मीहरुका अनुसार ग्यास सिलिण्डर भित्रै लैजान नदिन आफूहरुलाई आदेश छ । आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् सरकारले बिजुली प्रयोगलाई प्रोत्साहन गर्ने र त्यसको सुरुवात सिंहदरबारभित्रबाट गर्ने जनाएको थियो । अर्थमन्त्री जनार्दन शर्माले गत १५ जेठमा चालू आवको बजेट सार्वजनिक …

पुरा पढ्नुहॊस »

विश्वप्रकाश झापा-१ बाटै चुनाव लड्ने

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गृह जिल्ला झापाबाट निर्वाचन लड्ने दोहोर्‍याएका छन् । काठमाडौँ -५ बाट चुनाव लड्ने चर्चा भइरहेका बेला महामन्त्री शर्माले यस्तो बताएका हुन् । शर्माले ट्वीटमार्फत गठबन्धनका अर्का मित्रलाई सम्मानका साथ साथमा लिएर सहकार्य गर्ने बताए । ‘काठमाडौँ -५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न,’ …

पुरा पढ्नुहॊस »

सुरक्षाकर्मी परिचालन गरेर काठमाडौंको फोहोर ढुवानी गरिँदै

काठमाडाैँ । काठमाडौं उपत्यकाको फोहोर आज पनि सुरक्षाकर्मी परिचालन गरेर नुवाकोट स्थित ल्यान्डफिल साइटमा विसर्जन गरिने भएको छ । फोहोर व्यवस्थापनमा अवरोध भएपछि मंगलबार प्रहरी प्रशासनको सहयोगमा १८६ गाडी फोहोर ल्याण्डफिल साइटमा लगिएको थियो । स्थानीय अवरोधपछि प्रहरीले बल प्रयोग गरेको थियो । आज पनि सुरक्षा परिचालन गरेर फोहोर ढुवानीको तयारी छ । सशस्त्र प्रहरी बेस क्याम्प बञ्चरेका नायव निरीक्षक युवराज रिजालकाअनुसार स्थानीय डाँडामा जम्मा भएर बसेका छन् । ढाँडखोला …

पुरा पढ्नुहॊस »

राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रदेश तहको निर्वाचनमा सहभागी नहुने भएको छ । पार्टी सभापति रवि लामिछानेले एक भिडियो सन्देश जारी गर्दै प्रदेश तहको निर्वाचनमा सहभागी नहुने बताएका हुन् । नागरिकको आवाज सुनेपछि पार्टी केन्द्रीय समिति बैठकले प्रदेशसभा निर्वाचनमा सहभागी नहुने निर्णय गरेको उनको भनाई छ । ‘यो निर्वाचनमा हाम्रो उम्मेदवारी,मात्र सङ्घीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने छ,’ लामिछानेले भनेका छन्, ‘यही संरचनामा हामी प्रदेश मातहतमा सहभागी हुनु …

पुरा पढ्नुहॊस »

सत्तारुढ गठबन्धनमा बाँडफाँडको आधार तय गर्नै सकस

काठमाडौँ ।  आगामी निर्वाचनका लागि सिट बाँडफाँडका लागि बनेको सत्तारुढ पाँच दलीय कार्यदलको बैठक बस्दैछ । गठबन्धनभित्र सिट बाँडफाँडको खाका तयार गर्न कार्यदलको बैठक आज बस्न लागेको हो । बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने कार्यदलका सदस्य हिमलाल पुरीले जानकारी दिए । उनकाअनुसार बैठकमा सिट बाँडफाँटको प्रस्ताव पेस हुनेछ । ‘आजको बैठकमा मोडालिटी तयार गर्न जिम्मेवारी लिनु भएका कार्यदल संयोजक कृष्ण प्रसाद सिटौला जीले मोडालिटी पेश गर्नुहुन्छ । त्यसमै छलफल …

पुरा पढ्नुहॊस »

दर्ताका लागि दलहरूले दिएका निवेदन आजदेखि जाँचबुझ गरिंदै

काठमाडौं । निर्वाचन आयोगले आज देखि दर्ताका लागि दलहरुले दिएका निवेदनबारे जाँचबुझ गर्ने भएको छ । मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनका लागि निवेदन दिएका सबै दलको निवेदनमा आयोगले आजदेखि जाँचबुझ गर्न थालेको हो । दलहरूले बुझाएका कागजातबारे अध्ययन गरिनेछ । त्यसपछि दलहरूलाई दर्ताका लागि आयोगमा पेस गर्ने काम सुरु हुनेछ । आयोगले तोकेको अवधिमा आयोगमा दल दर्ताका लागि ८४ दलले निवेदन दिएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी …

पुरा पढ्नुहॊस »

बालेनलाई लिङ्देनको जवाफ- ‘राप्रपा फोहरमा राजनीति गर्ने फोहरी काम गर्दैन’

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध गर्ने कार्यमा पार्टीका कार्यकर्ता संलग्न हुन नसक्ने स्पष्ट पारेका छन् । उनले फोहोर व्यवस्थापनमा अवरोध गर्न राप्रपाको पनि संलग्नता भएको भनेर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लगाएको आरोपमा जवाफ दिँदै आफ्नो पार्टीका कार्यकर्ता संलग्न नभएकाे स्पष्ट पारेका हुन् । जिम्मेवार स्थानबाट गलत प्रचार भएको उनको भनाइ छ । ‘काठमाडौंको फोहर व्यवस्थापनमा अवरोध गर्ने क्रममा राप्रपाको पनि संलग्नता …

पुरा पढ्नुहॊस »

कस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ । महाशाखाले हाल मौसम प्रदेश १ का पहाडी भूभागमा पूर्ण बदली रही देशका अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । त्यस्तै बाँकी भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको …

पुरा पढ्नुहॊस »