Tag Archives: mainnews

बालेनलाई बानेश्वरका व्यवसायीले भने- चाडबाडको मुखमा उठीबास लगाउनु कति जायज ?

काठमाडौं । नयाँ बानेश्वरका व्यवसायीहरुले मापदण्डविपरीतका संरचनामाथि कारवाही गर्दा व्यवसाय स्थानान्तरणका समय र क्षतिपूर्तिको उचित व्यवस्था गर्न काठमाडौँ महानगरपालिकासँग आग्रह गरेका छन् । नयाँ बानेश्वर व्यापार व्यवसायी संघले शुक्रबार एक विज्ञप्ती जारी गरेर यस्तो आग्रह गरेको हो । मापदण्डविपरीतका संरचनाविरुद्ध कारवाही गर्ने सूचना घरभेटीहरुले व्यवसायीलाई नदिएको र दिए पनि स्पष्ट रुपमा नदिएकोले व्यवसायीले क्षति क्षतिको भागिदार बन्नु परेको संघको भनाइ छ । व्यवसाय स्थानान्तरणका लागि समय र क्षतिपूर्ति उपलब्ध गराउने …

पुरा पढ्नुहॊस »

जम्मा सिट १६५ : गठबन्धन दलको दाबी २२७ मा, कसले कति मागे ?

काठमाडौँ । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि बनेको कार्यदलमा दलहरूले सिटको दाबी पेश गरेका छन् । प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा दलहरूले आ-आफ्नो पेस गरेका हुन् । देशभर प्रतिनिधिसभा सदस्यका लागि १६५ क्षेत्रमात्रै छन् । तर, गठबन्धन कार्यदलमा दलहरुले २२७ सिटमा दाबी पेस गरेका छन् । राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीका अनुसार कांग्रेसपछि माओवादीले ६०, नेकपा एकीकृत समाजवादीले ४० सिट दावी गरेका छन् । यस्तै जनता समाजवादीले २५ र …

पुरा पढ्नुहॊस »

चोलेन्द्रविरुद्ध उजुरी गर्न महाभियोग सिफारिस समितिको आह्वान

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराकाविरुद्धमा भएका प्रमाण, कागजात वा जानकारी भए तीन दिनभित्र उपलब्ध गराउन महाभियोग सिफारिस समितिले आह्वान गरेको छ । गोरखापत्रमा एक सूचना जारी गर्दै तीन दिनभित्र भएका प्रमाण समितिमा पुग्ने गरी पठाउन महाभियोग सिफारिस समितिले अनुरोध गरेको छ । जबराविरुद्धको महाभियोग प्रस्तावमाथि अध्ययन सुरु गरेको छ । हेर्नुस् गोरखापत्रमा जारी सूचना

पुरा पढ्नुहॊस »

नेपालको १०१ देशसँग वैदेशिक व्यापार : ८४ देशसँग घाटा, १७ वटासँग मात्र नाफा

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा नेपालले विश्वका १०१ देशसँग वैदेशिक व्यापार गरेको छ । वैदेशिक व्यापार रहेका १०१ देशमध्ये मात्र १७ वटासँग नेपालको व्यापार नाफामा रहेको छ । बाँकी ८४ देशसँग नेपालको वैदेशिक व्यापार घाटामा रहेको छ । भन्सार विभागका अनुसार नेपालको वैदेशिक व्यापार घाटामा रहेका देशमा भारत, चीन, इन्डोनेसिया, अर्जेन्टिना, बेल्जियम, युनाइटेड अरब इमिरेट्स, ओमान, अष्ट्रेलिया, भियतनाम, सिंगापुर, अमेरिका, युक्रेन, ब्राजिल, थाइल्याण्ड, मलेसिया, साउदी …

पुरा पढ्नुहॊस »

महेश बस्नेतलाई बालेनको जवाफ- ‘हजुरको घरको नक्सा पास छ कि छैन ?’

काठमाडौँ । काठमाडौं महानगरपालिका मेयर बालेन शाहले महानगरभित्र बनेका भवनहरू नक्सा पासअनुसार भए नभएको अनुगमन गर्दै अवैध संरचना भत्काउने अभियानमा लागेका छन् । बिहीबार नयाँबानेश्वर क्षेत्रको अल्फाबिटा कम्प्लेक्सले बनाएको अवैध संरचना भत्काइयो । सो कम्प्लेक्सको अवैध संरचना भत्काएपछि नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले कडा प्रतिक्रिया जनाए । उनको प्रतिक्रियामा मेयर बालेन शाहले तत्कालै कमेन्ट गरे । बस्नेतले ‘बालेन शाहले अल्फाबिटा कम्प्लेक्समा डोजर किन लगाएको ? १. नक्सा पास अनुसार …

पुरा पढ्नुहॊस »

गठबन्धनमा भागबण्डाको सकस : सिट बाँडफाँट कार्यदलको बैठक आज पनि

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने भएको छ । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले दिएको निर्देशन अनुसार आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्न लागेको हो । प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रको अवस्थाका बारेमा विस्तृत अध्ययन गरेर प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएअनुसार कार्यदलमा छलफल निरन्तर चलिरहेको छ । बिहीबार बसेको कार्यदलको बैठकमा नेपाली कांग्रेसले एक सय, नेकपा माओवादी केन्द्रले ६०, …

पुरा पढ्नुहॊस »

नागरिकता विधेयकमा भ्रम फैलाइएकाे भन्दै सरकारले दियाे प्रष्टीकरण

काठमाडौँ । नागरिकता विधेयक सम्बन्धमा भ्रम फैलाइएकाे भन्दै सरकारले प्रष्टीकरण दिएको छ । गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकबारे विधेयक ल्याउनुको कारण, विगतमा पूर्ववती सरकारले ल्याएको नागरिकता सम्बन्धी अध्यादेश, संवैधानिक व्यवस्था, विगतको व्यवस्थाबारे उल्लेख गरिएको छ । ‘नागरिकता विधेयक सम्बन्धी भ्रम र वास्तविकता’ शीर्षक दिइएको प्रष्टीकरणमा नागरिकता विधेयक किन ल्याइएको, नागरिका विधेयक कानुन नबने के हुन्छ, बने के हुन्छ जस्ता शीर्षक राखेर प्रष्टीकरण दिइएको हाे । यस्ताे छ प्रष्टीकरणकाे पूर्णपाठः नागरिकता …

पुरा पढ्नुहॊस »

काेराेनाबाट थप ३ जनाकाे मृत्यु, ४४४ संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४४४ जना संक्रमित भएका छन् । त्यस्तै, साेही अवधिमा थप ३ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५४ जनाको परीक्षणमा ४४४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १ हजार ९९६ जनाको पीसीआर परीक्षण गर्दा २११ जना र २ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा २३३ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । यस्तै बिहीबार …

पुरा पढ्नुहॊस »

अल्फा भत्काएपछि बालेनले भने- अफिस पुगेर नक्सा र डाेजर लिएर गएँ, मैले के बिराएँ ?

काठमाडाैैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन शाहले अल्फाबिटाकाे अवैध संरचना भत्काएपछि पहिलाे प्रतिक्रिया सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै अल्फाबिटाका सञ्चालक द्विप शर्माले आफ्नै घरकाे नक्सा मागेकाे भन्दै आफूले नक्सा र डाेजर लिएर गएकाे बताएका छन् । उनले भने, ‘उहाले आफ्नै नक्सा मलाइ माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गए । मैले के बिराए ।’ त्यस्तै, उनले उपरान्त यस्ताे अवस्था सिर्जना नहाेस् भन्नेतिर सचेत …

पुरा पढ्नुहॊस »

डाेजर लिएर अल्फाबिटा पुगे बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिका नयाँ बानेश्वरस्थित अल्फाबिटाको अवैध संरचना भत्काउने डाेजर सहित पुगेकाे छ । मेयर बालेन शाहकाे नेतृत्वमा गएकाे महानगरकाे टिमले अवैध संरचना भत्काउने छ । अल्फाबिटाको पार्किङ लटमा अवैधानिक संरचना बनाइएको भेटिएपछि भत्काउन लागिएको काठमाडौँ महानगरपालिकाले जनाएकाे छ । बिहीबार अनुमतिबिना बनाइएका अवैध संरचना निरीक्षण गर्ने क्रममा मेयर शाह नयाँ बानेश्वरस्थित अल्फाबिटा पुगेका थिए । त्यहाँ उनको अल्फाबिटाका सञ्चालक द्विव शर्मासँग विवाद भएको थियो । काठमाडौँ महानगरपालिकाले बुधबारदेखि …

पुरा पढ्नुहॊस »