फोहोर व्यवस्थापनमा जापानको सहयोग मागेको छु : प्रचण्ड

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिको कार्यालयबाट ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७९’ नरोकिने विश्वास व्यक्त गरेका छन् ।

पाँच दिने जापान भ्रमण सकेर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले नागरिकता विधेयक राष्ट्रपतिको गए पनि त्यहाँबाट छिट्टै प्रमाणीकरण हुने विश्वास व्यक्त गरे ।

‘राष्ट्रपतिजीले रोक्नु हुन्न भन्ने मलाई लाग्छ,’ पत्रकारको प्रश्नको जवाफमा अध्यक्ष दाहालले भने, ‘यद्यपि, ढिलो नहुनु पथ्र्यो ।’ विधेयक दुवै सदनबाट साउन १२ गते बहुमतले पारित भइसकेको छ भने अहिले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ छ । १२ दिन बितिसक्दा पनि राष्ट्रपतिको कार्यालय मौन छ ।

अध्यक्ष प्रचण्डले जापान भ्रमण उपलब्धिमुलक रहेको बताएका छन् । उनले भ्रमणबाट जापानमा भएका नेपालीहरु धेरै नै खुसी भएको बताएका हुन् । उपत्यकामा फोहोर व्यवस्थापनमा सकस भइरहेका बेला जापान पुगेर फोहो व्यवस्थापनकै लागि सहयोग मागेको उनको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एमाले कांग्रेस मिल्नुपर्छ भन्ने छ, तर हामीलाई हतार छैन : रमेश लेखक

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका …

प्रतिकृया दिनुहॊस