२०५७ अंकमा झर्‍यो नेप्से

काठमाडौं । तीव्र उतारचढावका बिच बुधबार सेयर बजार ५.११ अंकले घटेर बन्द भएको छ। आज बढेर २०७४.९२ बिन्दुसम्म पुगेको नेप्से परिसूचक अन्त्यमा ०.२५ प्रतिशतले घटेर २०५७.६८ बिन्दुमा पुगेर बन्द भएको छ।

बुधबार कारोबारमा आएका २१८ वटा धितोपत्र तथा ऋणपत्रको १ अर्ब ९३ करोड ५५ लाख २० हजार १४६ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ। नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। मंगलबार २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको थियो।

बुधबार हिमालयन हाइड्रोपावर सेयर मूल्य सर्वाधिक बढेको छ। आज उक्त कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३०३ रुपैयाँ ३० पैसा कायम भएको छ। त्यस्तै, दोस्रोमा युनिलिभर नेपालको सेयर मूल्य ४.३० प्रतिशतले बढेर अन्तिम मूल्य प्रतिकित्ता २० हजार ६०० रुपैयाँ कायम भएको छ।

आज सेयर मूल्य सर्वाधिक घट्नेमा हिमालयन एभरेष्ट इन्स्योन्स रहेको छ। एभरेष्ट इन्स्योरेन्स र हिमालयन इन्स्योरेन्स मर्जर भएपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट सेयर कारोबार खुला भएकै दिन कम्पनीको सेयर मूल्य सर्किट लेभलमा घटेको हो।

कम्पनीको सेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले घटेको छ। ५०९ रुपैयाँबाट सुरू भएको कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४५९.५० रुपैयाँमा झरेको छ । बुधबार सर्वाधिक सेयर खरिद–बिक्री नागरिक लगानी कोषको भएको छ। कम्पनीको १० करोड ६८ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो। सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२ सय ५४ रुपैयाँ कायम भएको छ।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। यस दिन उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७४७ रुपैयाँमा ६ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ। आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये उत्पादन तथा प्रशोधन र लगानी समूहको परिसूचक ०।५ र ०।६९ प्रतिशतले बढेको छ भने बाँकी ११ वटा समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो । आज व्यापार समूहको परिसूचक सर्वाधिक १.४९ प्रतिशतले घटेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस