‘कुख्यात’ मिटरब्याजी श्याम परदेशी दम्पतीविरुद्ध चार करोड बिगोदाबीसहित मुद्दा दायर

काठमाडौं – सर्लाहीका ‘कुख्यात’ मिटरब्याजी श्याम परदेशी भनिने श्यामकृष्ण साहविरुद्ध करिब ३ करोड २१ लाख बिगो दाबी गर्दै मुद्दा दायर भएको छ । मुद्दामा उनकी पत्नी मन्जुदेवीलाई पति प्रतिवादी बनाइएको छ । सम्पत्ति शुद्धीकरण विभागले साहविरुद्ध केही दिनअघि विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

विभागका अनुसार सर्लाहीको कबिलासी नगरपालिका-२ स्थायी घर भएका शाहले आफूसहित श्रीमती, छोराछोरी, बुहारी, ज्वाइँलगायतका नामबाट ४८ जना सर्वसाधारणलाई एक करोड १ लाख ९२ हजार रूपैयाँ ऋण लगानी गरेका थिए । शाहले उनीहरूबाट १ करोड ५३ लाख ३१ हजार रूपैयाँ ब्याज लिएको विभागको दाबी छ ।

ब्याज र सावाँसहित अन्य चलअचल सम्पत्रस जोडेर ३ करोड २० लाख ९२ हजार ६ सय ५८ रूपैयाँ बिगो दाबी गरिएको हो । यस्तै उनकी श्रीमती मन्जु देवीलाई पनि प्रतिवादी बनाइएको छ । मन्जुदेवीको नाममा रहेको जग्गा र बैंक मौज्दातका आधारमा ६५ लाख ६५ हजार ३ सय ५५ रुपैयाँ बिगो दाबी गरिएको छ ।

सर्लाही प्रहरीमा दर्ता भएको ठगी, अपराधिक लाभलगायत मुद्दामा अदालतले २०७६ असोजमा परदेशीलाई थुनछेक आदेश गरेको थियो । पीडितहरू काठमाडौं आएपछि शाहलाई पक्राउ गर्न दबाब थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोशी सरकारको रिट खारेज, हिक्मत कार्कीको पद जोगियो

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको रिट खारेज भएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले …

प्रतिकृया दिनुहॊस