काठमाडौँ । सत्तारुढ गठबन्धनले निर्वाचनमा सिट बाँडफाँटका लागि बनाएको कार्यदलको बैठक सकिएको छ । बैठकले सिट बाँडफाँट कार्यदलको संयोजकमा कृष्णप्रसाद सिटौलालाई चयन गरेको छ । त्यस्तैफ बैठकले सिट बाँडफाँटका आधारहरू बारे सामान्य छलफल समेत गरेको कार्यदलका एक सदस्यले बताए । बैठकले सिट बाँडफाँटका आधारहरूमा स्थानीय तहमा जस्तै पहिले जितेका सिट तत पार्टीले लिने र एमालेले जितको सिटहरू बाँड्ने निर्णय समेत गरेको छ । त्यस्तै, एमालेले जितेको बाँडफाँड गर्दा सबैभन्दा बढी …
पुरा पढ्नुहॊस »प्रधानमन्त्री भन्छन्- आदिवासी जनजातिहरूकाे ज्ञान-सीपले मुलुक सम्पन्न बनाउन सहयाेग गर्छ
काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातिहरूकाे ज्ञान-सीप महत्त्वपूर्ण रहेकाे बताएका छन् । साेमबार काठमाडाैँमा भएकाे आदिवासी जनजातिजन्य कार्यक्रमलाई सम्बाेधन गर्दै उनले भनेका छन्, ‘आदिवासी जनजातिहरूकाे अधिकार तथा स्वतन्त्रतासम्बन्धी संविधानले पनि धेरै कुराहरू प्रत्याभूत गरेकाे छ । यसमा सधैँ राज्य सजग छ ।’ उनले उनीहरूकाे आदिवासी जनजातिहरूकाे ज्ञान-सीपले मुलुक सम्पन्न बनाउन सहयाेग गर्ने बताए । ‘आदिवासी जनजातिहरूकाे ज्ञान-सीपले मुलुकलाई सम्पन्न बनाउनका लागि सहयाेग गर्छ । यसकाे सम्मान राज्यस्तरबाटै हुनुपर्छ ।’
पुरा पढ्नुहॊस »कांग्रेसले निर्वाचन तयारीका लागि ७७ जिल्लामा केन्द्रीय नेता खटाउने
काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनको तयारीका लागि देशभर पार्टीका नेताहरु खटाउने भएको छ । आगामी मंसिर ४ गते हुने भनिएको प्रादेशिक र संघीय निर्वाचनका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय तहका नेताहरु खटाउने भएको हो । महामन्त्री गगन थापाले निर्वाचन केन्द्रित अभियानका लागि सबै केन्द्रीय सदस्यहरुलाई जिल्ला–जिल्ला खटाइने जानकारी दिए । उनका अनुसार कांग्रेसले भदौ २ गतेबाट २४ गतेसम्म केन्द्रीय सदस्यहरु जिल्लाहरुमा खटाउने भएको हो । ‘भाद्रको २ गतेबाट …
पुरा पढ्नुहॊस »यी हुन् एक अर्बदेखि पाँच अर्ब कमाउने बैंक
काठमाडौं । लगानीयोग्य वित्तीय स्रोतको अभाव भइरहेका बेला वाणिज्य बैंकहरूले नाफा कमाएका छन् । विदेशी मुद्राको अभाव र आयातमा भएको कर्जा वृद्धिले बैंकहरू वित्तीय स्रोतको अभावमा छन् । तर, गएको आर्थिक वर्षमा भने सबै बैंकहरूले उल्लेख्य नाफा कमाएका छन् । शनिबारसम्म २६ वटै वाणिज्य बैंकहरूले गएको आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । अघिल्लो आर्थिक वर्षमा ६० अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएका बैंकहरूले गएको आर्थिक वर्षमा …
पुरा पढ्नुहॊस »मट्टीतेल बिक्रेताको बिक्रेता प्रमाणपत्र खारेज गर्ने चेतावनी
काठमाडौं । नेपाल आयल निगमले अव्यवस्थित तरिकाले मट्टीतेल बिक्री–वितरण गरिरहेका बिक्रेताको बिक्रेता प्रमाणपत्र खारेज गर्नेसम्मको चेतावनी दिएको छ । सोमबार एक सूचना प्रकाशित गर्दै मट्टीतेल बिक्रेतालाई ३५ दिनभित्र तोकिएबमोजिमको मापदण्ड पूरा गरी सोको प्रमाणसहित निगमको सम्बन्धित कार्यालयमा सम्पर्क गर्न भनिएको छ । ‘तोकिएको समयभित्र तोकिएको मापदण्ड पूरा गरी सम्पर्क गर्न नआउने मट्टीतेल बिक्रेताको बिक्रेता प्रमाणपत्र खारेज गरिने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ । तत्कालीन अवस्थामा मापदण्ड …
पुरा पढ्नुहॊस »सिट बाँडफाँड कार्यदलको पहिलो बैठक बालुवाटारमा
काठमाडौँ । सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले बनाएको कार्यदलको पहिलो बैठक बस्दैछ । आगामी मंसिर ४ गते तोकिएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट गर्न गठित कार्यदलको बैठक दिउँसो ३ बजे बालुवाटारमा बस्ने भएको हो । बैठकमा गठबन्धनको आधार र मापदण्डको विषयमा छलफल हुने कार्यदल सदस्यले बताएका छन् । पार्टीका नेताहरूको परामर्शका आधारमा सुरुमा आधार र मापदण्ड तय गरेपछि सिट बाँडफाँडबारे छलफल गर्ने तयारी छ । अनौपचारिक छलफल …
पुरा पढ्नुहॊस »राष्ट्रियसभाको बैठक आज, यस्तो छ कार्यसूची
काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजे बैठक सुरु हुनेछ । आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ । अध्यक्ष तिमिल्सिनाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १४९ बमोजिम विषयगत समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन् । अध्यक्ष तिमिल्सिनाले नै राष्ट्रियसभाका विषयगत समितिका सभापतिको निर्वाचनको मिति र समय तोक्ने समेत …
पुरा पढ्नुहॊस »यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । देशभर आज पनि आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित छ । अहिले प्रदेश-१, गण्डकी प्रदेश, कणर्ाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली छ । देशका बाँकी भूभागमा आंशिक बदली छ । कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । …
पुरा पढ्नुहॊस »एक वर्षमा नेपालीले खान्छन् २ अर्बभन्दा बढीको काजु र बदाम
काठमाडौं । एक वर्षमा विभिन्न देशबाट दुई अर्बभन्दा बढीको काजु र बदाम नेपालमा भित्रने गरेको पाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त रकम बराबरको काजु र बदाम नेपाल भित्रिएको हो । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले कुल २ अर्ब १ करोड ४४ लाख २ हजार रुपैयाँको काजु र बदाम आयात गरेको विभागले जनाएको छ । सो अवधिमा २७ लाख ४८ हजार ९५५ केजी …
पुरा पढ्नुहॊस »चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव समितिमा पठाइयो
काठमाडौं – प्रतिनिधिसभाले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको हो । सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रस्ताव समितिमा पठाउने राखेको प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको हो । गत २२ फागुनमा प्रतिनिधिसभा बैठकले जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छानबिन गर्न ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको थियो । समितिमा सो …
पुरा पढ्नुहॊस »