Tag Archives: mainnews

देउवाले बोलाए कांग्रेस कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार बिहानका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । सभापति देउवाले शनिबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाएका हुन् । बैठकमा आगामी निर्वाचन तयारी, निर्वाचन प्रयोजनका लागि दल दर्ता, भदौ २ देखि २४ गतेसम्म देशव्यापी सञ्चालन हुने संगठन सुदृढीकरण अभियान, यही साउन ३० र ३१ गते हुने जनप्रतिनिधिको भेलाको विषयमा छलफल हुने पार्टी प्रवक्त प्रकाशसरण महतले बताए । …

पुरा पढ्नुहॊस »

कोरोना अपडेट : थप ७८१ मा संक्रमण, दुई जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरबाट ४,७१२ नमूना परीक्षण गर्दा ७८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट २२९० र एन्टिजेनबाट २४२२ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४१९ र एन्टिजेनबाट ३६२ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो । आज कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ …

पुरा पढ्नुहॊस »

कुमारी आमा निहारिकाद्वारा आत्मदाह प्रयास

काठमाडौं । कुमारी आमा निहारिका राजपूतले आत्मदाहको प्रयास गरेकी छन् । आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाही माग सम्बोधन नभएको भन्दै आत्मदाह प्रयास गर्दा राजपूतलाई प्रहरीले जोगाएको हो । उनले आफूलाई १७ वर्षको उमेरदेखि नै धनुषाका एक व्यक्तिले नशालु पदार्थ खुवाएर बलात्कार गरेको बताउँदै आएकी छन् । ती व्यक्तिमाथि कारबाही हुनुपर्ने उनको माग छ ।​ राष्ट्रपति कार्यालय शितलनिवास अघि आफ्नो शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेपछि उनलाई प्रहरीले जोगाएको हो । …

पुरा पढ्नुहॊस »

मिटरब्याज नियन्त्रणका लागि गृहमन्त्रालयले गर्‍याे कार्यदल गठन

काठमाडौं । सरकारले मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बिहान गृहमन्त्री बालकृष्ण खाँण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजी समस्या समाधानका लागि निर्देशन दिएका थिए । प्रधानमन्त्रीले यस्ता समस्या समाधानका लागि उपायकाे पहिचान गरी अपराधीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएपछि गृहमन्त्रीले कार्यदल बनाएका हुन् । त्यस्तै, प्रधानमन्त्री देउवाले भविष्यमा यस्ता अपराध …

पुरा पढ्नुहॊस »

चीन भन्छ- ‘हामी सधैँ नेपालकाे राष्ट्रिय अखण्डताकाे पक्षमा छाैँ’

काठमाडौँ । चीनले नेपाललाई विकास र समृद्धिमा सधैँ साथ दिने बताएकाे छ । नेपालका लागि चिनियाँ राजदूत हाेउ यान्छीले यसबारे ब्रिफिङ्ग गरेकी हुन् । उनले शुक्रबार बिहान सभामुख अग्निप्रसाद सापकाेटालाई भेट गरेका थिए । भेटका क्रममा उनले यसबारे बताएकी हुन् ।’उहाँले आगामी दिनमा पनि नेपालको विकास र समृद्धिमा चीनको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो,’ सभामुख सापकाेटाकाे सचिवालयले भनेकाे छ । उनले नेपाल, चीनको असल छिमेकी रहेको बताएका …

पुरा पढ्नुहॊस »

समुन्नत राष्ट्र निर्माणमा युवाहरूको महत्वपूर्ण भूमिका : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले समुन्नत राष्ट्र निर्माणमा युवाहरूको महत्वपूर्ण भूमिका हुने बताएका छन् । शुक्रबार राष्ट्रिय युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले पनि युवा उद्यमशीलतालाई प्राथमिकता दिएको बताए । प्रधानमन्त्री देउवाले पछिल्लो समय अन्तरपुस्ता सीप हस्तान्तरको चुनौती रहे पनि त्यसलाई अवसरका रूपमा लिँदै अघि बढ्नुपर्ने बताएका छन् । त्यस्तै उनले युवाहरूलाई जीवनोपयोगी सीप सिकाइ स्वदेशकै माटोमा जीविकोपार्जनको अवसर दिनुपर्ने उनले बताए …

पुरा पढ्नुहॊस »

साउदीमा यी ९३ नेपालीलाई ‘बहिर्गमन भिसा’, देश छाड्न निर्देशन (सूचीसहित)

काठमाडाैँ । खाडी मुलुक साउदी अरबमा अवैधानिक रूपमा बसेका ९३ जना नेपालीले बहिर्गमन (एक्जिट) भिसा पाएका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार ५ देखि ११ अगस्टसम्मको अवधिमा रियाद र दमामबाट एक्जिट भिसाका लागि प्रक्रिया थालिएकामध्ये ९३ जना नेपालीले सो भिसा प्राप्त गरेका हुन् । साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरूमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र नबनाएका, नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक भिसाका लागि दूतावासले साउदी अरबका …

पुरा पढ्नुहॊस »

रातारात उठाइयो ‘कोर एरिया’को फोहोर, लगियो कहाँ ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि फोहोर उठाउन थालेको छ । महानगरले काठमाडौँको मुख्य शहर क्षेत्र ‘कोर एरिया’को फोहोर उठाउन शुरु गरेको हो । काठमाडौँभित्र थुप्रिएको फोहोरलाई लिएर बिहीबार बसेको महानगरको नगर कार्यपालिका बैठकमा तीव्र वादविवाद भएको थियो । बैठकमा एमाले–कांग्रेसका वडाध्यक्षहरू मेयर बालेन्द्र साहविरुद्ध आक्रमकरुपमा प्रस्तुत भएका थिए । जवाफमा मेयर साहले मुख्य शहर क्षेत्रको फोहोर राति नै उठाइने बताएका थिए । कोर एरियामा पर्ने १२ वटा वडाको फोहोर गएराति …

पुरा पढ्नुहॊस »

नहरमा डुबेर झापामा दुई बालबालिकाको मृत्यु

मुक्तिनाथ देवघाट (News)

काठमाडाैँ । झापाको शिवसताक्षी नगरपालिका-९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको बिहीबार डुबेर मृत्यु भएको छ । शिवसताक्षी-९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका १२ वर्षीय सिकुम राईको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । बिहीबार बेलुका पौडी खेल्न घरबाट हिँडेका उनीहरु अबेरसमम नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए । सो क्रममा शिवसताक्षी-९ स्थित कन्काई सिँचाइ नहरको डिलमा उनीहरुले लगाएको …

पुरा पढ्नुहॊस »

रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै, के छ यसको महत्व ?

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले …

पुरा पढ्नुहॊस »