काठमाडौं । अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति प्रदेश-१, बागमती …
पुरा पढ्नुहॊस »बलात्कारको मुद्दामा पलले पाए सफाइ, बाल यौन दुरुपयोगमा अढाई वर्ष कैद
काठमाडौं । नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहलाई अढाई वर्ष जेल सजाय गरेको छ । नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा भने शाहले सफाइ पाएका छन् । जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत नवलपुरले मंगलबार सफाइ दिएको हो । जबरजस्ती करणी मुद्दामा अभियोग पत्र दर्ता भए पनि न्यायाधीशले बाल यौन दुरुपयोगको कसुरलाई टेकेर फैसला गरेका हुन् । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलवार बहसपछि उक्त फैसला गरेका हुन् । यस्तै अदालतले २५ हजार …
पुरा पढ्नुहॊस »सर्वसाधारणले २९ भदौदेखि नयाँ नोट साट्न पाउने
काठमाडौं । दसैं, तिहार र छठका लागि २९ भदौदेखि सर्वसाधारणले नयाँ नोट साट्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले नजिकिँदो चाडपर्व लक्षित गर्दै २९ भदौदेखि नयाँ नोट साट्न सकिने सुविधा प्रदान गर्ने भएको हो । सर्वसाधारणले काठमाडौं उपत्यकामा २९ भदौ र उपत्यका बाहिर भने २ असोजदेखि नयाँ नोट साट्न सक्ने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । गत वर्ष जस्तै यसवर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ …
पुरा पढ्नुहॊस »गगन थापाको प्रश्न : संंसद खाली रहेको बेला दुर्घटना भयो भने के हुन्छ ?
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले संसद् खाली भएको समयमा राजनीतिक दुर्घटना भए के गर्ने भन्ने विषय ऐन र कानुनमा नभएको भन्दै सबै दलले यसप्रति सोच्नुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९’ माथि छलफलमा भाग लिँदै उनले प्रतिनिधिसभाको कार्यकालका विषयमा संविधानमै फर्केर निणर्य लिनुपर्ने उल्लेख गरे । ‘देशमा राजनीति शान्त भएको समयमा यो विधेयक ल्याएको भए ठीक हुन्थ्यो । समयमै त्यो काम गर्नबाट …
पुरा पढ्नुहॊस »असनमा पुग्यो महानगरको टोली, अवैध संरचना हटाइँदै
काठमाडौं । काठमाडौं महानगरपालिकाले नियम विपरीतका संरचना हटाउने अभियान अन्तर्गत काठमाडौँको असन क्षेत्रका संरचना हटाउन शुरु गरेको छ । मंगलबार महानगरको टोली असन पुगेको हो । यसअघि अवैध संरचना हटाउन महानगरले दिएको अल्टिमेटम सकिएसँगै महानगरको टोली अहिले असन बजारमा पुगेको छ । महानगरको वडा नम्बर २५ ले आइतबार इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिर, असन क्षेत्रका मन्दिर आसपासका अवैध संरचना भत्काउन २४ घण्टे अल्टिमेटम जारी गरेको थियो । महानगरले भदौ ६ गतेदेखि …
पुरा पढ्नुहॊस »निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि सरकार प्रतिबद्ध छ : प्रवक्ता कार्की
काठमाडौँ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । मंगलबार काठमाडौँमा नेपाल प्रेस युनियनका पदाधिकारीसँगको भेटका क्रममा मन्त्री कार्कीले स्थानीय तहको निर्वाचनसँगै मुलुकको आधारशिला बलियो बनेको भन्दै अव मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन पनि स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सरकार प्रतिबद्ध रहेको बताएका हुन् । उनले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गरेर मुलुकलाई विकासको बाटोतर्फ अघि …
पुरा पढ्नुहॊस »प्रधानमन्त्री देउवाले दिए लिज ट्रसलाई बधाई
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले लिज ट्रस बेलायतको कन्जरभेटिभ पार्टीको नेताको रूपमा निर्वाचित भएकोमा बधाई दिएका छन् । सोमबार ट्रस कन्जरभेटिभ पार्टीको नेतामा निर्वाचित भएपछि प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटर मार्फत उनलाई बधाई दिएका हुन् । ‘कन्जरभेटिभ पार्टीको नेताको रूपमा निर्वाचित भएकोमा म लिज ट्रसलाई हार्दिक बधाई दिन चाहन्छु जसले उनलाई बेलायतको प्रधानमन्त्री बनाउनेछ,’ प्रधानमन्त्री देउवाले भनेका छन्, ‘लामो समयदेखिको नेपाल-बेलायत सम्बन्धलाई अझ सुमधुर बनाउन उहाँसँग काम गर्न म तत्पर …
पुरा पढ्नुहॊस »सिट बाँडफाँट आज टुङ्ग्याउने सत्ता गठबन्धनको दाबी
काठमाडौँ । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलले आज सहमति जुटाउने दाबी गरेको छ । साेमबार बसेको बैठक बिना निष्कर्ष टुङ्गिएपछि आज पुनः बैठक बस्न लागेकाे हाे । आजको बैठकले जसरी पनि सिट बाँडफाँट टुङ्गो लगाउने कार्यदलले बताएकाे छ । सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार साेमबारको बैठकमा १६५ वटै निर्वाचन क्षेत्रमा दलहरूको अवस्थाबारे छलफल भएको थियो । ‘शीर्ष तहबाट जुन जिम्मेवारी कार्यदललाई दिइएको छ, त्यसअनुसार हामीले सरसरती …
पुरा पढ्नुहॊस »चौतर्फी दबाबपछि पर्यटनमन्त्रीले ‘थुनाएका’ सुरक्षागार्ड गुरुङ छुटे
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री जीवनराम श्रेष्ठको दबाबमा शुक्रबार पक्राउ परेका गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङ रिहा भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार गुरुङलाई आवश्यक प्रक्रिया पूरा गरी रिहा गरिएको हो । सोमबार साँझ ५ बजेतिर प्रक्रिया पूरा गरेर साधारण तारेखमा छाडिएको उनको भनाई छ । भिएसएफका शुरक्षागार्ड गुरूङलाई हिरासतमुक्त गर्न गृहमन्त्रीले निर्देशन दिएका छन् । क्यानडाको भिसा प्रोसेसिङका लागि हिजो ठमेलस्थित छायाँसेन्टरमा …
पुरा पढ्नुहॊस »प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि १० हजार ८८८ मतदानस्थल कायम
काठमाडौं । निर्वाचन आयोगले मतदान स्थलको टुंगो लगाएको छ । मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनका लागि देशभरि १० हजार ८८८ मतदानस्थलको कायम गरिने आयोगले टुंगो लगाएको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिएका छन् । उनका अनुसार स्थानीय तह निर्वाचनभन्दा १३२ वटा मतदानस्थल थप गरिएको हो। आयोगले कार्यविधिमा भएको व्यवस्था बमोजि गत साउन १ गतेदेखि मतदान स्थल पुनरावलोकन कार्यक्रम सञ्चालन गरेको थियो । जसमा मतदाताको सघनता, मतदान स्थलसम्मको …
पुरा पढ्नुहॊस »