काठमाडौँ । नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले नागरिकता विधेयकलाई राजनीतिकरण गर्न खोजिएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा नागरिकता विधेयकमाथिको छलफलका क्रममा ज्ञवालीले नागरिकतासम्बन्धी विषय राष्ट्रियतासँग जोडिएको विषय भएकाले कुनै दलले राजनीतिकरण गर्न नहुने बताएका हुन् । उनले नागरिकताका विषयमा जनमत विभाजित किमार्थ गर्न नहुने बताए । त्यस्तै उनले नागरिकता विधेयक छिटो टुङ्गो लगाउन प्रमुख प्रतिपक्ष रहेको भन्दै जबरजस्ती, टाउकाको गिन्तीको आधारमा टुङ्गो लगाउन खोजिए यसका दुष्परिणाम राम्रो नहुने …
पुरा पढ्नुहॊस »फोहोर ढुवानी गर्न निःशुल्क टिपर, ६० गाडी बञ्चरेडाँडातर्फ
काठमाडौँ । काठमाडौँबाट फोहोर बोकेर ६० गाडी बञ्चरेडाँडातर्फ गएका छन् । काठमाडौँ महानगरपालिकाको टेकु ट्रान्सप्लान्ट स्टेशनमा थुपारिएको फोहोर लिएर नेपाल टिपर तथा ट्रक व्यवसायी समितिको १८ वटा, काठमाडौं महानगरपालिकाको १२ वटा टिपर र समानान्तर फोहोरमैला प्रालिको ३० वटा टिपरले फोहोर बोकेर बञ्चरेडाँडा गएका हुन् । को महानगरका प्रवक्ता नविन मानन्धरकाअनुसार समानान्तर फोहोरमैला प्रालिको ३० वटा टिपरले निःशुल्क ढुवानी गरेको हो । यस्तै नेपाल टिपर तथा टिपर व्यवसायी समितिको १८ वटा …
पुरा पढ्नुहॊस »बसले टेम्पुलाई ठक्कर दिँदा तीन जनाको मृत्यु
काठमाडाैँ । पूर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुर बागमती सडकखण्डमा बिहान भएको सवारी दुर्घटनामा तीजनाको ज्यान गएको छ । सर्लाहीबाट रौतहटको चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको प्रदेश २ -२००१ ह २१०९ नम्बरको टेम्पुलाई काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको बागमती ०३-००१ ख २०१ नम्बरको रात्री बसले ठक्कर दिँदा सर्लाहीको बागमती नगरपालिकाका तीन जनाको ज्यान गएको हो । मृतकमध्ये सर्लाहीको बागमती नगरपालिका शोल्टी घर भएका ढकबहादुर लुङगेली मगरको मात्र सनाखत भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी सन्तु …
पुरा पढ्नुहॊस »नागरिकता विधेयक प्रतिनिधिसभाबाट आजै पारित गर्ने तयारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संदेशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट आज पारित गर्ने तयारी भएको छ । आज बस्ने प्रतिनिधिसभाको संभवित कार्यसूचीमा राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक पारित गर्ने कार्यसूची छ । प्रतिनिधिसभा नियमावलीको नियम १३६ अनुसार राष्ट्रपतिबाट पुनर्विचारको लागि सन्देश सहित विधेयक फिर्ता भएपछि सभालाई जानकारी दिइन्छ । यस्तो जानकारी संसद सचिवालयले प्रतिनिधिसभामा सोमबार नै गराइसकेको छ । सभालाई विधेयक फिर्ताको जानकारी गराएपछि अगाडि बढ्ने दुई वटा बाटा …
पुरा पढ्नुहॊस »नेकपा माओवादी केन्द्रले आज अपूर्ण कमिटीहरूलाई पूर्णता दिने
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले आज पार्टीका अपूर्ण कमिटीहरुलाई पूर्णता दिने भएको छ । यसका लागि लगभग पार्टीमा सहमति भइसकेको माओवादी केन्द्रले जनाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटव्यूरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल भएको थियो । केन्द्रीय कमिटी, पोलिटव्यूरो, स्थायी कमिटी र पदाधीकारी आज बस्ने पार्टी स्थायी कमिटी बैठकले टुङ्गो लगाउने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी …
पुरा पढ्नुहॊस »कस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान ?
काठमाडौँ । अहिले वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको हो । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना …
पुरा पढ्नुहॊस »त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल : अब तीन गुणा बढी यात्रुले लिनेछन् उड्डयन सुविधा
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४० अर्ब रुपियाँको लागतमा नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ । २००६ सालमा पहिलो पटक विमान अवतरण भएको यस विमानस्थल प्रयोग गर्ने हवाई यात्रु र विदेशी जहाज संख्यासमेत बर्सेनि थपिँदै गएपछि आगामी आर्थिक वर्ष २०७९/८० बाट नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणको तयारी गरिने भएको हो । विमानस्थल पूर्वाधार विस्तार गुरुयोजना (सन् २०१०-२०२८) अन्तर्गत विमानस्थलको क्षमता अभिवृद्धि गर्न नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणको …
पुरा पढ्नुहॊस »यो सरकार आएपछि प्राधिकरण बिजुली व्यापारमा सफल भयो : घिसिङ
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताएका छन् । काठमाडौँमा भएको प्राधिकरणको ३७ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै घिसिङले प्राधिकरणलाई अझ उत्कृष्ट बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाए । कार्यकारी निर्देशक घिसिङले प्राधिकरणले बिजुली निर्यातको विषयमा चिन्ता लिन आवश्यक रहेको बताए । घिसिङले भने, ‘प्राधिकरण चिन्ता मात्रै व्यक्त गरेर बसेको भए नेपाल अझै लाडसेडिङमा र प्राधिकरण घाटामा नै भइरहने थियो । चिन्तासँगै त्यसको …
पुरा पढ्नुहॊस »दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ घाइते
काठमाडौं । दार्चुलाकाे शैल्यशिखर नगरपालिका वडा नं. ६ स्थित उल्लानीमा जिप दुर्घटना भएकाे छ । गाेकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगातर्फ जाँदै गरेकाे से १ ज ५५१ नम्बरकाे जिप दुर्घटनामा परेकाे हाे । दुर्घटनामा परी ५ जनाकाे मृत्यु भएकाे पत्रकार गणेशसिंह धामीले जानकारी दिए । त्यस्तै, अन्य ९ जना घाइते भएका छन् । मृत्यु हुनेमा १ महिला तथा ४ पुरुष रहेका छन् । जिपमा १४ जना सवार थिए ।
पुरा पढ्नुहॊस »२४ घण्टामा ८५२ मा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा ८५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल छ हजार ३८३ जनाको कोरोना परीक्षण गर्दा ८५२ जनामा सङ्क्रमण पुष्टि भएको हो । तीन हजार ८७६ पीसीआर परीक्षण गर्दा ५३१ र दुई हजार ५०७ जनाको एन्टिजेन परीक्षण गर्दा ३२१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३२८ जना सङ्क्रमणमुक्त भएका छन् भने नेपालमा हाल …
पुरा पढ्नुहॊस »