काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गृह जिल्ला झापाबाट निर्वाचन लड्ने दोहोर्याएका छन् । काठमाडौँ -५ बाट चुनाव लड्ने चर्चा भइरहेका बेला महामन्त्री शर्माले यस्तो बताएका हुन् ।
शर्माले ट्वीटमार्फत गठबन्धनका अर्का मित्रलाई सम्मानका साथ साथमा लिएर सहकार्य गर्ने बताए । ‘काठमाडौँ -५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न,’ उनले अगाडि भनेका छन् ।
कतिपय अनलाइनमा चासोपुर्वक लेखिएका समाचारहरुप्रती धन्यवाद दिँदै, स्पष्टताका लागि यो ट्विट गरेको जानकारी गराउँदछु l धन्यवाद l
— Bishwa Prakash शर्मा (@bishwaprakash77) August 17, 2022
अघिल्लो निर्वाचनमा उनी झापा क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गरेका थिए । तर नेकपा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए ।
प्रतिकृया दिनुहॊस