Tag Archives: mainnews

बञ्चरेडाँडामा सहजै पुग्दै फोहोरका गाडी, हट्यो स्थानीयको अवरोध

काठमाडौँ । बञ्चरेडाँडामा आजदेखि सहज रुपमा फोहोरका गाडीहरु पुग्न थालेका छन् । स्थानीयको अवरोध नभएका कारण फोहोर विसर्जन सहज भएको छ । हिजो काठमाडौ महानगरपालिका, स्थानीय बासिन्दासहित सरोकारवालाबीच सहमति भए पछि काठमाडौंबाट फोहोर बोकेका गाडी नियमित रुपमा बञ्चरेडाँडा पुग्न थालेका छन् । बिहानैदेखि त्यहाँ फोहर विसर्जन भइरहेको र काठमाडौँबाट पनि गाडी पुगिरहेका काठमाडौँ महानगरपालिकाले जनाएको छ । महानगरले आजदेखि दैनिक तीन सय गाडीबाट फोहोर विसर्जनको तयारी गरेको छ । ल्याण्डफिल्ड …

पुरा पढ्नुहॊस »

कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

काठमाडौँ । चितवनको ईच्छाकामना गाउँपालिका ४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक र पछाडि सवार दुवै जनाको मृत्यु भएको हो । काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका-६ का २५ वर्षीय सरोज रोकाया र पछाडि सवार काठमाडौँका ३२ वर्षीय सरोज माझीको मृत्यु भएको …

पुरा पढ्नुहॊस »

माछा मार्ने क्रममा करेन्ट लागेर बाबु-छोराको मृत्यु, आमा घाइते

काठमाडाैँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु-छोराको मृत्यु भएको छ । उक्त घटनामा आमा घाइते भएकी छिन् । विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका-५ घर भई शुक्लागण्डकी नगरपालिका-२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र नौ महिनाका आदि ब्याम्बो प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए …

पुरा पढ्नुहॊस »

पदाधिकारीको टुंगो लगाउँदै प्रचण्ड, को-को पर्लान् ?

काठमाडौँ । पदाधिकारी टुंगो लगाउने दबाबमा परेको सत्तासीन नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्न लागेको हो । माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार केन्द्रीय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीको टुंगो लगाउने तयारी छ । यसअघि बिहीबार डाकिएको बैठक अन्तिम समयमा आएर बस्दै नबसी स्थगित भएको थियो । माओवादी बैठक बुधबार पनि बसेको थियो । माओवादीको आठौं महाधिवेशन सात महिना …

पुरा पढ्नुहॊस »

आज श्रीकृष्ण जन्माष्टमी : यस्तो छ पौराणिक मान्यता

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धाभक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा …

पुरा पढ्नुहॊस »

सातै प्रदेशमा वर्षा, चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका अधिकांश भू-भागको आज मौसममा सामान्यदेखि पूर्ण बदली रहेको मौसमविदले बताएका छन् । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा बिहानैदेखि चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केहि र बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई …

पुरा पढ्नुहॊस »

नागरिकता विधेयक संसद्‌बाट पुनः बहुमतले पारित

काठमाडौं । राष्ट्रपतिबाट पुनर्विचारका लागि संसद्मै फिर्ता गरिएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । मतविभाजनद्वारा विधेयक पारित भएको हो । संसद्मा उपस्थित १९५ जना सांसदमध्ये विधेयकको पक्षमा १३५ र विपक्षमा ६० सांसद देखिएका हुन् । बिहीबार दिनभर प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथि छलफल भएको थियो । सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक कुनै पनि बहानामा रोक्दा जन्मसिद्ध नागरिकका …

पुरा पढ्नुहॊस »

देउवा-ठाकुर भेट : गठबन्धनमा सहभागी हुनेबारे शुक्रबार टुङ्गो लाग्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुका बीचमा भेटवार्ता भएको हो । भेटमा नागरिकता विधेयक, सरकार र चुनावी गठबन्धनका विषयमा छलफल भएको बताइएको छ । लोसपाका नेता केशव झाले प्रधानमन्त्री देउवा र अध्यक्ष ठाकुरबीच चुनावी गठबन्धनका विषयमा छलफल भएको जानकारी दिए । उनले शुक्रबार फेरि दुवै नेताका बीचमा थप छलफल हुने जानकारी दिएका …

पुरा पढ्नुहॊस »

यी हुन् धेरै दिन संसद् नजाने सांसदहरू (सूचीसहित)

काठमाडौं – प्रतिनिधिसभा बैठकमा लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदहरुको नाम सार्वजनिक गरिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विभिन्न कारणले लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुको नाम सार्वजनिक गरेका हुन् । लामो समय संसदमा अनुपस्थित रहने १५ जना सांसद छन् । जसमध्ये छोरीको ग्राजुएसनमा सहभागी हुन भन्दै भीमसेना दास प्रधान गत ३ जेठदेखि २१ जेसम्म अनुपस्थित रहेन । यसैगरी स्वास्थ्योपचारका लागि …

पुरा पढ्नुहॊस »

महँगी चुलियाे, गत आर्थिक वर्ष ८.८ प्रतिशतकाे मूल्यवृद्धि

काठमाडाैँ । गत असारमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ८ दशमलव ०८ प्रतिशत पुगेको छ । अघिल्लो महिना जेठमा महँगी आठ दशमलव ५६ प्रतिशत थियो । गत आवको वार्षिक औसत मुद्रास्फीति दर भने ६ प्रतिशतकै हाराहारीमा सीमित थियो । सुरुवाती महिनामा कोभिडकै कारण माग बढ्न नसक्दा महँगी न्यून रहेकाले असारमा वार्षिक औसत दर भने ६ दशमलव ३२ प्रतिशतमै रहेको देखिन्छ । विश्वव्यापी रूपमा भएको इन्धन तथा खाद्य वस्तुको मूल्यवृद्धि, आपूर्ति प्रणालीमा आएको व्यवधान तथा …

पुरा पढ्नुहॊस »