Tag Archives: mainnews

आयल निगमले भन्यो- भारतबाट घटेर आए पनि मूल्य घटाउँदैनाैँ !

काठमाडौँ । नेपाल आयल निगमले तत्कालाका लागि इन्धनको मूल्य घटाउने नसकिने जनाएकाे छ । निगमले भारतबाट मंगलबार मात्रै घटेर मूल्य प्राप्त भए पनि निगमले अझै ऋणको दायित्व धेरै भएकाे भन्दै मूल्य समायाेजन गर्न नसकिने बताएकाे हाे । ‘हामीलाई अझै ऋण र भुक्तानीको बक्यौता धेरै छ, त्यसैले अहिलेलाई मूल्य समायोजन गर्न सकिएन,’ निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले भने, ‘अब निगम आर्थिक रूपमा सबल हुँदै आएपछि यसबारे केही न केही सम्बोधन हुन्छ …

पुरा पढ्नुहॊस »

संघ तथा प्रादेशिक निर्वाचनका लागि ७६ दल दर्ता

काठमाडौँ । मंसिर ४ का लागि घाेषित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा ७६ वटा दल दर्ता भएका छन् । निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने व्यवस्थाबमोजिम निर्वाचन आयोगमा ७६ वटा राजनीतिक दल दर्ता भएकाे आयाेगले जनाएकाे छ । आयोगले मंगलबारसम्म समय दिएर आगामी निर्वाचनका लागि दल दर्ता गर्न सूचित गरेकोमा हालसम्म ७६ वटा दल दर्ता भएकाे आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

पुरा पढ्नुहॊस »

नागरिकता विधेयक जस्ताकाे तस्तै अघि बढाउने गठबन्धनकाे निर्णय

काठमाडौं । सत्तारूढ गठबन्धनले नागरिकता विधेयक पुनः अघि बढाउने निर्णय गरेकाे छ । मंगलवार बसेकाे सत्तारूढ गठबन्धनकाे बैठकले नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको हाे । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित नागरिकता विधेयक संसद्मै फिर्ता पठाएपछि साझा धारणा बनाउन बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

पुरा पढ्नुहॊस »

नागरिकता विधेयक र अध्यादेश जोडेर राष्ट्रपतिको आलोचना गरिएको भन्दै एमालेको आपत्ति

काठमाडौँ । नागरिकता विधेयक फिर्ता गरेपछि सत्तारुढ दलका नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधिसभाको आज (मंगलबार) को बैठकमा नागरिकता विधेयक फिर्ता गरेको विषयलाई तत्कालीन केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश जारी गरेकोसँग नजोड्न आग्रह गरेका हुन् । राष्ट्रपति भण्डारीलाई संविधानले नै विधेयक फिर्ता पठाउने अधिकार दिएको तर अध्यादेश सरकारले सिफारिस गरेपछि जारी गर्नुपर्ने संवैधानिक …

पुरा पढ्नुहॊस »

बाबुराम र वामदेव माओवादीको चुनाव चिह्नबाट लड्ने, पेरिसडाँडाको स्वीकृति

काठमाडौँ । आउँदो निर्वाचनमा पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन् । मंगलबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले उक्त निणर्य गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् । ‘राष्ट्रिय एकता अभियानका वामदेव गौतम र बाबुराम भट्टराईले हाम्रो नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट आगामी संसदीय चुनाव लड्ने चाहना व्यक्त गर्नुभयो । त्यसको स्वागत …

पुरा पढ्नुहॊस »

दल दर्ता गर्ने अन्तिम दिन आज, आयोग जाँदै कांग्रेस

काठमाडौँ । निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समयसीमा आजबाट समाप्त हुँदैछ । ४ मङ्सिरमा हुन गइरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आयोगले दिएको समयसीमा आजबाट समाप्त हुन लागेको हो । सिके राउत नेतृत्वको जनमत पार्टीले १ नम्बरमा राजनीतिक दल दर्ता गरेसँगै आयोगमा दर्ता हुने राजनीतिक दलको सङ्ख्या ६२ पुगेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । राष्ट्रिय मान्यता प्राप्त दलहरू नेकपा एमाले, नेकपा …

पुरा पढ्नुहॊस »

स्थानीयले गुलेली हानेपछि रोकिए फोहोरका गाडी

काठमाडौँ । बञ्चरेडाँडाका स्थानीयले लुकीछिपी गुलेली हानेपछि काठमाडौंबाट फोहोर विसर्जनका लागि गएका गाडीहरु रोकिएका छन् । यसबीच काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौँ उपत्यकाको फोहर विसर्जनमा देखिएको समस्या सतही मात्रै भएको टिप्पणी गरेका छन् । बञ्चरेडाँडामा फोहर फ्याँक्ने क्रममा आज सोमवार पनि अवरोध भएपछि टिप्पणी गर्दै मेयर शाहले यो समस्याको गहिरो र अलग्गै कारणहरू रहेको बताएका छन् । उनले भनेका छन्, ‘राज्यले पाँच अर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको, झण्डै दुई …

पुरा पढ्नुहॊस »

कहाँ-कहाँ छ वर्षाको सम्भावना

काठमाडौँ । देशका विभिन्न आज पनि बदली भएको छ । अहिले अधिकांश भू–भागमा आंशिक बदली भइरहेको हो । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।पहाडी भू–भागका थोरै स्थानमा र बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । …

पुरा पढ्नुहॊस »

एकैदिन थप ८८८ मा कोरोना संक्रमण, एकको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरबाट ५,७३७ नमूना परीक्षण गर्दा ८८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३१५५ र एन्टिजेनबाट २५८२ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४२७ र एन्टिजेनबाट ४६१ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो । आज कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ …

पुरा पढ्नुहॊस »

फोहोर बोकेका गाडीलाई अवरोध हुन नदिन बञ्चरेडाँडामा ठूलो संख्यामा प्रहरी परिचालन

काठमाडौं । काठमाडौंँबाट फोहोर बोकेर गएका गाडीहरुलाई अवरोध हुन नदिन बञ्चरेडाँडामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।  बिहानैदेखि फोहोर व्यवस्थापनमा अवरोध हुँदा जिल्ला प्रहरी कार्यालय नुवाकोट, बञ्चरेडाँडा प्रहरी बेस क्याम्पबाट २५० जना प्रहरी परिचालन गरिएको छ । काठमाडौं महानगरपालिका कृषि तथा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार बिहानैदेखि बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न सकिएको छैन । स्थानीय विभिन्न राजनीतिक दलहरुसँगै नागरिकले आन्दोलन चर्काएका छन् । प्रहरीले बञ्चरेडाँडातर्फ राखिएका ४० वटा …

पुरा पढ्नुहॊस »