Tag Archives: mainnews

सरकारद्वारा संघ र प्रदेशको निर्वाचनका लागि केन्द्रीय कमान्ड पोस्ट गठन

काठमाडौँ । निर्वाचनका लागि ‘केन्द्रीय कमान्ड पोस्ट’ गठन भएको छ । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि सरकारले ‘केन्द्रीय कमान्ड पोस्ट’ गठन गरेको छ । सोमबार बिहान गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन सम्पन्न गर्न मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा ६ सदस्यीय ‘केन्द्रीय कमान्ड पोस्ट’ बनाएको हो । त्यस्तै गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा ‘केन्द्रीय संयुक्त निर्वाचन सेल’ बनाउने …

पुरा पढ्नुहॊस »

म्यादी प्रहरी भर्तीका लागि गृहले माग्यो सात अर्ब

काठमाडौँ । नेपाल प्रहरीले म्यादी प्रहरी भर्तीका लागि सात अर्ब बढी बजेट माग गरेको छ । कम्तीमा एक लाख २० हजार म्यादी भर्ना गर्नुपर्ने भन्दै प्रहरीले बजेट बढाएर माग गरेको हो । यसअघि गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा एक लाख म्यादी भर्ना गरिएको थियो । त्यतिबेला पनि सुरुमा एक लाख १८ हजार म्यादी भर्ना गर्नुपर्ने प्रहरीको प्रस्ताव थियो । तर अर्थ मन्त्रालयले मागे जति बजेट दिन नसकिने …

पुरा पढ्नुहॊस »

नागरिकता विधेयक संसद्‌मा फिर्ता भयो भन्दैमा आक्रोश व्यक्त गर्न पर्दैन : गगन थापा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संवैधानिक अधिकार प्रयोग गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको बताएका छन् । राष्ट्रपतिले विधेयक फिर्ता गर्नु हुँदैन थियो भन्ने पक्षमा आफू नरहेको भन्दै उनले संसद्ले पनि आफ्नो अधिकार प्रयोग गर्नसक्ने बताएका छन् । उनले भने, ‘नागरिकता विधेयक संसद्मा फिर्ता भयो भन्दैमा आक्रोश व्यक्त गर्न पर्दैन ।’ विधेयकमाथि गरिएका टिप्पणी के छन्, त्यसलाई अध्ययन गरेर संसद्ले आफूसँग रहेको अधिकार प्रयोग गर्नसक्ने …

पुरा पढ्नुहॊस »

नेता-कार्यकर्तालाई देउवाको आग्रह- गठबन्धन छँदैछ त्यसै चुनाव जितिन्छ भन्ने भ्रममा नपर्नुस्

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने गरी लाग्न निर्देशन दिएका छन् । सोमबार सानेपामा कांग्रेस पार्टीबाट निर्वाचित जनप्रतिनिधि अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले कांग्रेसको ध्यान आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने रहेको बताएका हुन् । सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणा गरेको छ । प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३३० सिट छन् । उनले आगामी निर्वाचनमा …

पुरा पढ्नुहॊस »

कांग्रेसको २ दिने अभिमुखीकरण कार्यक्रम आजदेखि

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन–२०७९ मा पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख-उपप्रमुख, पालिकाका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्षका लागि आजदेखि दुई दिने अभिमुखीकरण कार्यक्रम गर्दैछ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले बधाई-शुभकामना तथा अभिमुखिकरण कार्यक्रमको आज उद्घाट्न गर्नेछन् । कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रम ललितपुरको हेरिटेज गार्डेनमा हुनेछ । कार्यक्रममा कांग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख ३४, उपप्रमुख २३, नगर प्रमुख १४१, उपप्रमुख ११०, …

पुरा पढ्नुहॊस »

बञ्चरेडाँडामा फोहर फाल्न नदिन सत्तारुढ ३ ठूला दल एकमत

काठमाडाैँ । धादिङको धुनिवेशी नगरपालिका-१ का ३ दलले बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका छन् । आइतबार तीन दलका स्थानीय नेतृत्वले संयुक्तरूपमा विज्ञप्ति जारी गरेर काठमाडौंको फोहोर अव्यवस्थित तरिकाबाट फाल्दा स्थानीय वासिन्दाको जनजीवन अत्यन्तै कष्टकर बनेको भन्दै अब फोहोर फाल्न नदिने घोषणा गरेका हुन् । धादिङको धुनिवेशी नगरपालिका-१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्तरूपमा नगरपालिकाको प्रमुखलाई पत्र बुझाएर आगामी …

पुरा पढ्नुहॊस »

सत्ता गठबन्धन कार्यदलको बैठक, होला त सिट बाँडफाँट ?

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलद्वारा गठित निर्वाचनको सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक आज बस्दै छ । गएको बिहीबार आज बस्ने गरी कार्यदलको बैठक टुंगिएको थियो । बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँडमा सहयोग गर्न कार्यदल बनाइएको हो । बिहीबारको बैठकमा कार्यदल सदस्यहरूबीच ०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, ०७९ को स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरूको …

पुरा पढ्नुहॊस »

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक अब के हुन्छ ?

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी प्रतिनिधिसभालाई फिर्ता गरेपछि अब के हुन्छ भन्ने कौतुहलता बढेको छ । संसद्को दुवै सदनबाट पारित भएर सभामुख अग्निप्रसाद सापकोटाले १५ साउनमा प्रमाणीकरण गरेर पठाएको सो विधेयकलाई राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरी प्रतिनिधिसभामा फिर्ता गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ (३) मा, ‘प्रमाणीकरणका लागि पेस भएको अर्थ विधेयकबाहेक अन्य विधेयकमा पुनर्विचार हुन आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागेमा त्यस्तो विधेयक पेस भएको …

पुरा पढ्नुहॊस »

आज साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा घुइँचो

काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गरिन्छ । बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ । काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्ने बोलबम श्रद्धालुहरुको बिहानैदेखि घुइँचो छ …

पुरा पढ्नुहॊस »

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक २०७९ फिर्ता गरेकी छन् । थप पुनर्विचार हुन आवश्यक देखिएको भन्दै राष्ट्रपति भण्डारीले आइतबार उक्त विधेयक फिर्ता गरेकी हुन् । जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुका सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर दुवै सदनले राष्ट्रपतिसमक्ष पठाएको थियो ।

पुरा पढ्नुहॊस »