काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध गर्ने कार्यमा पार्टीका कार्यकर्ता संलग्न हुन नसक्ने स्पष्ट पारेका छन् । उनले फोहोर व्यवस्थापनमा अवरोध गर्न राप्रपाको पनि संलग्नता भएको भनेर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लगाएको आरोपमा जवाफ दिँदै आफ्नो पार्टीका कार्यकर्ता संलग्न नभएकाे स्पष्ट पारेका हुन् ।
यसअघि शाहले सोमबार फोहोर बञ्चरेडाँडामा लैजाने क्रममा सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध हुँदा विपक्षी दल एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि साथ दिएको बताएका थिए ।
तपाईंको प्रतिकृया




