काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका ५ करोड ९६ लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ५ करोड ९६ लाख २५ हजार ६४१ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत …
पुरा पढ्नुहॊस »आजको मौसमः यी भू-भागमा वर्षा र हिमपात
काठमाडौं । अहिले देशको पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका केहि स्थानमा हुसु/कुहिरो लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेकोले मौसम बदली भएको हो । यस्तो छ तीन दिनको पूर्वानुमान पौष १८ गते (शनिबार) दिउँसो : लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ।सुदुर पश्चिम प्रदेश तथा कर्णालीका उच्च …
पुरा पढ्नुहॊस »२४ घण्टामा थपिए ४२६ जना कोरोना संक्रमित, ८जनाको मृत्यु
काठमाडौं । आज शुक्रबार ४२६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४२६ जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जनाको मृत्यु भएको छ। संक्रमित मध्ये २ लाख ५३ हजार १०७ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल …
पुरा पढ्नुहॊस »राष्ट्रियसभा बैठक आज, के-के छन् कार्यसूची ?
काठमाडौं । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन शुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न ४ बजे बस्ने गरी आह्वान गरेकी हुन् । बैठकको सुरुमै राष्ट्रपतिले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाइनेछ । त्यसपछि अधिवेशनको पहिलो बैठक भएकाले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरुकोतर्फबाट दलका नेताहरुको अधिवेशन उद्घाटन मन्तव्य राख्ने कार्यसूची छ । राष्ट्रियसभामा नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको …
पुरा पढ्नुहॊस »सरकारका नाममा सर्वाेच्चको आदेश- ‘एक महिनाभित्र उखु किसानको भुक्तानी दिलाउनू’
काठमाडौं । सर्वोच्च अदालतले आन्दोलनरत उखु किसानको बक्यौता एक महिनामा तिर्ने व्यवस्था गर्न सरकारको नाममा अन्तरिम आदेश दिएको छ । अधिवक्ता पुण्यप्रसाद खतिवडा लगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले उखु किसानले पाउने बक्यौता आगामी माघ १६ गतेसम्म तिर्न तिराउन अन्तरिम आदेश दिएको हो । आदेशमा उखु किसानले बक्यौता पाउन निरन्तर आन्दोलन गर्नु अन्यायपूर्ण उल्लेख गरिएको छ । ‘आफूले बेचेको सामानको मूल्य पाउने कुरा बजारको सामान्य र …
पुरा पढ्नुहॊस »देशभर चिसो बढ्दै, काठमाडौंको तापक्रम १.२ डिग्री
काठमाडौं । काठमाडौंको आज बिहानको तापक्रम १.२ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार यो वर्षकै कम ०.८ डिग्रीमा झरेको काठमाडौंको शुक्रबार बिहानको तापक्रम थोरै बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार बिहान पौने ८ बजेसम्ममा यो तापक्रम थोरै घट्न सक्नेछ । तर भोलिदेखि देशभरी कै मौसम आशिंकदेखि सामान्य बदली हुने भएकाले एकदुई दिन न्यूनतम तापक्रम नघट्ने उनले बताइन् । शुक्रबार रातिदेखि सक्रिय हुन लागेको …
पुरा पढ्नुहॊस »२४ घण्टामा थपिए ५३४ जना कोरोना संक्रमित
काठमाडौं । आज बिहीबार ५३४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५३४ जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट ७ जनाको मृत्यु भएको छ। संक्रमित मध्ये २ लाख ५२ हजार ३५९ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल …
पुरा पढ्नुहॊस »किन गुट र विभाजनमै रुमल्लिएको छ राजनीति ?
काठमाडौं । विश्वेश्वरप्रसाद कोइराला भारत निर्वासन गएको ८ वर्षपछि २०३३ पुस १६ गते ‘देशवासीको नाउँमा अपिल’ जारी गर्दै स्वदेश फर्केका थिए । आजका मितिमा त्यो अपिल राष्ट्रिय मेलमिलापको अपिल बन्न पुगेको छ भने त्यो दिन राष्ट्रिय मेलमिलाप दिवस । दक्षिण एसियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किएका वीपीले मुलुकको सार्वभौमसत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए …
पुरा पढ्नुहॊस »गुर्जुधारामा टिपरले लियो दुई पैदल यात्रुको ज्यान
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२, गुर्जुधारामा टिपरको ठक्करबाट दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गल्छी घर भइ थापथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ सुभास गमाल छन् । महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठ अनुसार बुधबार राति १० तिर बा ४ ख २५७७ नम्बरको टिपरले काठमाडौं आयल स्टोर नजिकै बाटो काट्दै गरेका लामा र गमाललाई ठक्कर दिएको थियो …
पुरा पढ्नुहॊस »विश्वमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८ लाख नाघ्यो
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या ८ करोड ३० लाख नाघेको छ भने १८ लाख १० हजारभन्दा बढीको मृत्यु भएको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ८ करोड ३० लाख ३० हजार ८७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर …
पुरा पढ्नुहॊस »