Tag Archives: mainnews

थप १३० जनामा कोरोना संक्रमण, संक्रमित संख्या १८ हजार ६ सय १३ पुग्यो

काठमाडौं । आज आइतबार थप  १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज आइतबार थप  १३०   जनामा कोरोना पुष्टि भएको हो ।   योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १८  हजार ६ सय १३   जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्य ४५  जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १३ हजार १  सय २८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »

पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने फैसला सर्वोच्चले पुनरावलोकन गर्ने

काठमाडौं । पूर्वडीआईजी रञ्जन कोइरालालाई जेलमुक्त गर्ने प्रधानन्यायाधीशको फैसला पुनरावलोकन गर्न सर्वोच्चले अनुमति दिएको छ । महान्यायाधीवक्ताको कार्यालयले विहिबार पुनरावलोकन हुनुपर्छ भन्दै निवेदन दर्ता गरेको थियो । आफ्नी श्रीमतीको हत्यामा दोषी ठहर भएका एकजना पूर्व सुरक्षा अधिकारीको सजाय घटाइदिने सर्वोच्च अदालतको फैसलाविरूद्ध महान्यायाधिवक्ताको कार्यालयले दर्ता गरेको पुनरवलोकन निवेदनलाई सर्वोच्च अदालतले ‘अनुमति हुने’ निर्णय सुनाएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले बताए । ‘यसको अर्थ फैसला पुनरवलोकन हुने भन्ने हो’ प्रवक्ता पोखरेलले …

पुरा पढ्नुहॊस »

कोरोनाबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १६१ पुग्यो

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस हप्ता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एकजना नेपालीको निधन भएको हो । स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा १६१ नेपालीको कोरोना सङ्क्रमणका कारण निधन भएको छ । समितिका अनुसार अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १५० कूल सङ्क्रमितमध्ये २९ हजार २४३ अर्थात् ९३ प्रतिशत …

पुरा पढ्नुहॊस »

नेपालमा कोरोनालाई जित्ने बढे, ७०.६ प्रतिशत ‘डिस्चार्ज’ भए

काठमाडौं । नेपालमा कोरोना सङ्क्रमण मुक्त भएर ‘डिस्चार्ज’ हुने ७० दशमलव ६ प्रतिशत नाघेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल सङ्क्रमित १८ हजार १८३ मध्ये आजसम्म १३ हजार ५३ जना कोरोना जितेर घर फर्केका छन्। प्रदेश नं १ मा ७७५, प्रदेश नं २ मा दुई हजार ८९८, वाग्मती प्रदेशमा ४६८, गण्डकी प्रदेशमा एक हजार १२५, प्रदेश नं ५ मा तीन हजार ९००, कर्णाली प्रदेशमा एक हजार ५८५ र सुदूरपश्चिम …

पुरा पढ्नुहॊस »

मनसुन पुनः सक्रिय हुँदा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोलिदेखि पुनः मौसम सक्रिय हुने जनाएको छ । वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले भोलिसाँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको हो । यस वर्ष नेपालमा गतजेठ ३० गते रातिबाट मनसुन सक्रिय भएको थियो । त्यसै दिन मुलुकका विभिन्न क्षेत्रमा वर्षा भएको थियो भने पर्वतलगायत केही स्थानमा बाढी पहिरोले जनधनको समेत क्षति भएको थियो । त्यसयता …

पुरा पढ्नुहॊस »

निर्मला हत्याको दुई वर्ष पूरा: के अब निर्मलाले न्याय पाउलिन् ?

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको आज दुई वर्ष पूरा भएको छ । तर, अझै यो हत्या सुल्झिएको छैन । यो दुई जर्षको अवधिमा अपराध अनुसन्धानको जिम्मेवारी पाएको नेपाल प्रहरीमा दुई जना प्रमुख (आइजिपी) फेरिएपनि निर्मला पन्तका हत्यारा अझै पत्ता लाग्न सकेका छ‌ैनन् । प्रहरीले अनुसन्धान जारी नै रहेको बताउनेबाहेक कुनै उपलब्धि हात पार्न सकेको छैन । ०७५ साउन १० मा साथीको घर जान भन्दै …

पुरा पढ्नुहॊस »

‘एसिड आक्रमणकारीलाई कठोर सजाय दिन कानुन संशोधन गर्न निर्देशन’

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा समाजिक समितिले एसिड आक्रमणकारीलाई हुने कारबाहीलाई कडा बनाउन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको शुक्रबारको बैठकले एसिड आक्रमणकारीलाई कठोर सजायको व्यवस्था गर्न यस सम्बन्धी आवश्यक कानून संशोधन गर्ने प्रक्रिया अघि बढाउन मन्त्रालयलाई निर्देशन दिएको हो । एसिड हान्ने घटना दोहोरिरहेको र एसिड आक्रमणबाट पिडित बालिकाको भविष्य अनिश्चित र पीडाबोधका साथ बाँच्नुपर्ने भए पनि पीडक निश्चित वर्ष जेल र …

पुरा पढ्नुहॊस »

आज नाग पञ्चमी पर्व मनाइँदै : यस्तो छ धार्मिक मान्यता

काठमाडौँ । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले शनिबार नागपञ्चमीको निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका …

पुरा पढ्नुहॊस »

रोकिएन कोरोना कहर : एकैदिन अहिलेसम्मकै धेरै २ लाख ८४ हजार संक्रमित थपिए

काठमाडौं । गत वर्षको दिसेम्बरमा चीनबाट फैलिएको कोरोना भाइरस संक्रमण विश्वमा बढ्दै गएको छ । विश्वभर फैलिएको यो भाइरसबाट शुक्रबार एकैदिन अहिलेसम्मकै धेरै २ लाख ८४ हजार १९६ संक्रमित भएका छन् । यो एकैदिन संक्रमित देखिएको अहिलेसम्मकै धेरै संख्या हो । विश्व स्वास्थ्य संगठनका अनुसार बिहीबार २ लाख ४७ हजार २२५ कोरोना संक्रमित थपिएका थिए । शुक्रबार एकैदिन अहिलेसम्मकै धेरै २ लाख ८४ हजार १९६ संक्रमित थपिएसँगै विश्वमा कोरोना संक्रमितको …

पुरा पढ्नुहॊस »

काठमाडौं उपत्यकामा थपिए १० जना नयाँ कोरोना संक्रमित

काठमाडौं । आज शुक्रबार  काठमाडौं उपत्यकामा १०  जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार काठमाडौं उपत्यकामा  १०  जना  नयाँ कोरोना संक्रमित थपिएका हुन् । योसँगै  उपत्यकामा  संक्रमितको   संख्या  ४ सय पुगेको छ । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १८ हजार ३ सय ७४ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्य ४४ जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १२ हजार ९ सय  ४७ जना …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds