Tag Archives: mainnews

२४ घण्टामा थपिए ५३४ जना कोरोना संक्रमित

काठमाडौं । आज बिहीबार ५३४  जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५३४ जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९३  पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट ७  जनाको मृत्यु भएको छ। संक्रमित मध्ये २ लाख ५२ हजार  ३५९  जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल …

पुरा पढ्नुहॊस »

किन गुट र विभाजनमै रुमल्लिएको छ राजनीति ?

काठमाडौं । विश्वेश्वरप्रसाद कोइराला भारत निर्वासन गएको ८ वर्षपछि २०३३ पुस १६ गते ‘देशवासीको नाउँमा अपिल’ जारी गर्दै स्वदेश फर्केका थिए । आजका मितिमा त्यो अपिल राष्ट्रिय मेलमिलापको अपिल बन्न पुगेको छ भने त्यो दिन राष्ट्रिय मेलमिलाप दिवस । दक्षिण एसियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किएका वीपीले मुलुकको सार्वभौमसत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए …

पुरा पढ्नुहॊस »

गुर्जुधारामा टिपरले लियो दुई पैदल यात्रुको ज्यान

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-१२, गुर्जुधारामा टिपरको ठक्करबाट दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको गल्छी घर भइ थापथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ सुभास गमाल छन् । महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठ अनुसार बुधबार राति १० तिर बा ४ ख २५७७ नम्बरको टिपरले काठमाडौं आयल स्टोर नजिकै बाटो काट्दै गरेका लामा र गमाललाई ठक्कर दिएको थियो …

पुरा पढ्नुहॊस »

विश्वमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८ लाख नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या ८ करोड ३० लाख नाघेको छ भने १८ लाख १० हजारभन्दा बढीको मृत्यु भएको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ८ करोड ३० लाख ३० हजार ८७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर …

पुरा पढ्नुहॊस »

कुन प्रदेशको मौसम कस्तो ? हेर्नुस् तीन दिनको पूर्वानुमान

काठमाडौं । अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमानका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेकोले बदली भएको हो । यस्तो छ तीन दिनको पूर्वानुमान पौष १६ गते (बिहीबार) दिउँसो : प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती : प्रदेश १ मा आंशिक बदली, …

पुरा पढ्नुहॊस »

चोरी गर्न छुट पर्व !

डम्मर बम काठमाडौं । चोरी गर्नु एक अपराध हो, कानूनीरुपमा दण्डित कार्य पनि तर नेपालीमा समाज विशेषगरी सुदुरपश्चिममा आज चोरीगर्न संस्कृतीले छुट दिएको दिन पुष प्रन्ध । सामाजीक तथा कानूनी रुपमा बर्जित चोरी होइन, बलकी समाजीक पहिचान तथा संस्कृतीको जगेर्ना गर्नका लागि गरिएको चोरी । जुन चोरीमा आत्मीयता लुकेको हुन्छ, सद्भाव लुकेको हुन्छ । यसमा कसैलाई धेरै ठूलो हानी नोक्सानी भने हुँदैन । आजकै दिन गाउँघरमा सबै साथिभाई एकठाउँमा जम्मा …

पुरा पढ्नुहॊस »

२४ घण्टामा थपिए ५११ जना कोरोना संक्रमित,७ जनाको मृत्यु

काठमाडौं । आज बुधबार ५११  जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५११ जनामा संक्रमण भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट ७ जनाको मृत्यु भएको छ। संक्रमित मध्ये २ लाख ५१ हजार ९१२ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल …

पुरा पढ्नुहॊस »

आज नेवार समुदाय यःमरी पुन्ही मनाउँदै

काठमाडौं ।  काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले आज धुमधामका साथ यःमरी पुन्ही पर्व मनाउँदैछन । चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी भाषमा यःमरी भनिन्छ । सोही रोटी बनाएर खाने पर्व भएकाले यस दिनलाई नेवार समुदायले यःमरी पुन्हीको रूपमा मनाउने गरिएको हो । ज्यापु समुदायले यो दिनलाई ज्यापु दिवसको रूपमा समेत मनाउँदै आएका छन् । नेवार समुदायमा यःमरीको विशेष महत्व छ । विशेषगरी …

पुरा पढ्नुहॊस »

कोरोनाको नयाँ प्रजाति नेपाल भित्रिन नदिन के गर्ने ?

काठमाडौं । कोरोनाविरुद्धको भ्याक्सिन आएपछि सन्तोषको सास फेरिरहेको विश्व जगतमा फेरि अर्को संकट आएको छ । पहिलेको भन्दा खतरनाक भनिएको कोरोनाको नयाँ प्रजातिले विश्‍वमा नयाँ संकट ल्याइदिएको हो । बेलायतमा तीव्र गतिमा फैलिरहेको कोरोनाको नयाँ रुपले पूरै युरोपको अवस्था फेरि खलबलाइदिन थालेको छ । धेरै मुलुकहरुले बेलायतसँगको हवाई सम्पर्क बन्द गरिसकेका छन् । नेपालले पनि कोरोनाको नयाँ प्रकार नित्रिन नदिन बेलायतबाट नेपाल आउनमा प्रतिबन्ध लगाएको छ । तर यतिले मात्रै …

पुरा पढ्नुहॊस »

पाथीभरा मन्दिरलाई आगलागीबाट जोगाउन हेलिकप्टरबाट पानी खसालियो

ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ । बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर परिसरमा नै पुगेको थियो । स्थानीयवासीसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले हरसम्भव प्रयास गर्दासमेत आगो नियन्त्रणमा नआएको र मन्दिर नै जोखिममा परेपछि सिम्रिक एयरको हेलिकप्टर झिकाइएको थियो । हेलिकप्टरले जोरपोखरीबाट पानी लगेर मन्दिर परिसरको आगो निभाएको पाथीभरा क्षेत्र …

पुरा पढ्नुहॊस »