Tag Archives: mainnews

सुन तोलामा ५ सयले बढ्यो

काठमाडौँ । बुधबार सुन र चाँदीको मुल्यमा वृद्धि भएको छ । मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला ५ सय र चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ५ सयले बढेर प्रतितोला ९३ हजार ७  सयमा कारोबार भइरहेको छ । त्यसैगरी मंगलबार चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर तोलाको  ११९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पुरा पढ्नुहॊस »

कस्तो रहला आजको मौसम ? यस्तो छ पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल भारतको पुर्वी बिहार आसपास रहेको न्युन चापीय प्रणालि कमजोर हुने क्रममा रहेको छ । आज दिउँसो प्रदेश नं १, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ । यस्तो छ तीन दिनको पूर्वानुमान :- असोज १३ गते (मंगलबार) दिउँसो : प्रदेश नं १, गण्डकी प्रदेश र प्रदेश …

पुरा पढ्नुहॊस »

कोरोनाका कारण विदेशबाट ८० हजार १६ नेपाली स्वदेश फर्किए

काठमाडौं । कोभिड-१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् । कोभिड-१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार शनिबारसम्म ३२ मुलुकबाट उक्त संख्यामा नागरिक मुलुक फर्केका हुन । मुलुक फर्कनेमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २३ हजार २३७ छन् भने सबभन्दा कम श्रीलङ्काबाट पाँच जना रहेका छन् । उनीहरु अधिकांश रोजगारीका लागि र केही अध्ययन, तालिम …

पुरा पढ्नुहॊस »

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख नाघ्यो

काठमाडौं । कोरोनाभाइरसबाट विश्वभर १० लाखभन्दा बढी मानिसले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा कम्तीमा तीन हजार ८५२ जनाले ज्यान गुमाएपछि विश्वभर मृतकको संख्या १० लाख नाघेको हो । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर १० लाख २ हजार ३८३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको हो । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ३ करोड …

पुरा पढ्नुहॊस »

झरीपछि खुल्दै आकाश, आज कुन प्रदेशको मौसम कस्तो ?

काठमाडौं । करिब एक साता लामो झरीपछि मौसम खुल्न थालेको छ । अहिले देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रहेको छ । आज पनि बिहानैदेखि मौसम सफा देखिएको छ । दिउँसो प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बाँकी प्रदेशहरूमा आंशिक बदलीको सम्भावना छ । यस्तो छ तीन दिनको पूर्वानुमान :- असोज १२ …

पुरा पढ्नुहॊस »

उपत्यकामा थप ८०९ जनामा कोरोना पुष्टि

काठमाडौं । आज आइतबार  उपत्यकामा थप ८ सय ९  जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा ६३३ , ललितपुरमा १०४  ,भक्तपुरमा ७२ जना  गरि कुल ८ सय ९   जनामा कोरोना पुष्टि भएको हो। नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ७३ हजार ३ सय ९४  जना पुगेको छ भने   मृत्यु हुनेको संख्या ४७७ जना  पुगेको छ । यसै गरि  संक्रमित मध्ये ५३  हजार ८ सय ९८  जना उपचारपछि निको भएका छन्। …

पुरा पढ्नुहॊस »

आज आइतबार थप १ हजार ५ सय ७३ जनामा कोरोना पुष्टि

काठमाडौं ।आज  आइतबार  थप १ हजार ५ सय ७३   जनामा कोरोना पुष्टि भए​को छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय ७३  जना भएको हो। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३ सय ९४  पुगेको छ ।संक्रमित मध्ये ५३  हजार ८ सय ९८  जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४७७  पुगेको छ।  

पुरा पढ्नुहॊस »

गण्डकी प्रदेशमा थपिए ७१ जना नयाँ कोरोना संक्रमित

पोखरा । गण्डकी प्रदेशमा आज आइतबार थप ७१ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका विभिन्न जिल्लामा ७१  जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार, कास्कीका २१  जना, लमजुङ १६  जना,बाग्लुङका ३१ जना र नवलपरासी  ब .सु.पू. ३ जना गरी जम्मा ७१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७४४पुगेको छ ।

पुरा पढ्नुहॊस »

पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचाररत १  जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत  भक्तपुर निवासी ५४ वर्षीया महिलाको मृत्यु भएको हो ।  पाटन अस्पतालमा उपचाररत उनको आइतबार   मृत्यु भएको हो । मृतक महिला ज्वरो आएपछि भदौ २९ गते उपचारका लागि अस्पतालमा भर्ना भएकी थिइन् ।

पुरा पढ्नुहॊस »

कोरोनाबाट विदेशमा ज्यान जाने नेपालीको संख्या २ सय ६५ पुग्यो

काठमाडौं । पछिल्लो समय २१ नेपलीको  मृत्यु  भए सँगै कोरोनाबाट विदेशमा ज्यान जाने नेपालीको संख्या २ सय ६५ पुगेको छ। गैरआवासीय नेपाली संघका अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जना गरी यो साता २१ नेपालीको मृत्यु भएका हो । यससँगै विदेश मृत्यु हुने नेपालीको कुल संख्या २ सय ६५ पुगेको छ । गैरआवासीय नेपाली संघले संकलन गरेको तथ्यांक अनुसार शनिवार साँझसम्म ४२ देशमा …

पुरा पढ्नुहॊस »