सरकारका नाममा सर्वाेच्चको आदेश- ‘एक महिनाभित्र उखु किसानको भुक्तानी दिलाउनू’

काठमाडौं । सर्वोच्च अदालतले आन्दोलनरत उखु किसानको बक्यौता एक महिनामा तिर्ने व्यवस्था गर्न सरकारको नाममा अन्तरिम आदेश दिएको छ । अधिवक्ता पुण्यप्रसाद खतिवडा लगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले उखु किसानले पाउने बक्यौता आगामी माघ १६ गतेसम्म तिर्न तिराउन अन्तरिम आदेश दिएको हो ।

आदेशमा उखु किसानले बक्यौता पाउन निरन्तर आन्दोलन गर्नु अन्यायपूर्ण उल्लेख गरिएको छ । ‘आफूले बेचेको सामानको मूल्य पाउने कुरा बजारको सामान्य र सर्वस्वीकार्य सिद्धान्त र नियमभित्र पर्ने विषयमा’ आदेशमा भनिएको छ- ‘किसनले प्रत्येक भुक्तानी प्राप्तिका लागि हारगुहार र धर्ना गर्नुपर्ने स्थिति आफैंमा अन्यायपूर्ण मात्रै नभएले लोककल्याणकारी राज्यका लागि स्वीकार्य हुन नसक्ने विषय भएकाले एक महिनाभित्र उखु किसानहरुलाई भुक्तानी दिनू/दिलाउनू ।’

विभिन्न जिल्लाका उखु किसानले बक्यौता रकम नपाएको भन्दै तीन सातादेखि काठमाडौंमा आन्दोलन चर्काइरहेका छन् । आन्दोलनकै क्रममा एक उखु किसानको मृत्युसमेत भएको छ । मंगलबार ६५ वर्षीय नारायण राय यादवको मृत्यु भएको हो । हरेक पटक उखु किसानले आन्दोलन गरेर सरकारसँग सम्झौता गरे पनि त्यो कार्यान्वयन नहुँदा उनीहरु ऋणमा डुबेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस