Tag Archives: mainnews

प्लाष्टिकको पोखरीमा डुबेर दिदी-बहिनीसहित तीन बालिकाको मृत्यु

तेह्रथुम । तेह्रथुममा तरकारी खेतीका लागि बनाइएको प्लाष्टिकको पोखरीमा डुबेर एकै परिवारका दुईसहित तीन बालिकाको ज्यान गएको छ । पोखरीमा डुबेर छथर गाउँपालिका–६ सुदापका दिदीबहिनी ७ वर्षीया रञ्जना र ५ वर्षीया रोजनी लिम्बू र ८ वर्षीया सुहानाको ज्यान गएको तेह्रथुम जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कोमल ठाकुरले जानकारी दिएका छन् । रञ्जना र रोजनी स्थानीय इन्द्रबहादुर लिम्बूका छोरी हुन् भने सुहाना देवेन्द्र लिम्बूकी छोरी रहेको प्रहरीले जानकारी दिएको छ । ठाकुरका …

पुरा पढ्नुहॊस »

नेकपा स्थायी कमिटी आज, दुवै पक्षको आ-आफ्नै रणनीति

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । यसअघि गत आइतबार बसेको स्थायी कमिटी बैठक दुवै अध्यक्षका प्रस्ताव तथा पत्र अध्ययन र अनौपचारिक संवाद गर्ने भन्दै आजसम्मका लागि स्थगित भएको थियो । तर, पार्टीमा गहिरिँदो संकट समाधानका लागि अनौपचारिक संवाद गर्ने भनेर स्थायी कमिटी स्थगित गरिएपनि यस अवधिमा खासै प्रगति हुन सकेन । एक सातामा सहमति जुटाउने सघन संवादमा भन्दा नेताहरु एकअर्का समूहविरुद्ध रणनीति बनाउने …

पुरा पढ्नुहॊस »

सात करोड बढी संक्रमित हुँदा विश्वभर पाँच करोडले जिते कोरोना

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका ५ करोड ४ लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ५ करोड ४ लाख ८० हजार ६८४ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत …

पुरा पढ्नुहॊस »

आजको मौसम कहाँ कस्तो ? यस्तो छ पूर्वानुमान

काठमाडौं । अहिले प्रदेश नं १, ३ का केहि भू-भागमा आंशिक बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावले बदली भइरहेको हो । यस्तो छ तीन दिनको पूर्वानुमान मंसिर २८ गते (आईतबार) दिउँसो : प्रदेश नं १, ३, तथा सुदुर पश्चिम प्रदेशका केहि भूभागमा आंशिक बदली रहने छ । राती: प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली …

पुरा पढ्नुहॊस »

कोरोनाभन्दा खतरनाक शिक्षाबाट बञ्चित हुनु हो : विद्यार्थी नेता लामा

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले चौतर्फी रुपमा सबै क्षेत्र प्रभाबित बनेको छ । नौ महिना देखि शैक्षिक संस्थाहरु बन्द रहेका छन् । भर्चुअलबाट कतिपय शैक्षिक संस्थाहरुले पठाई शुरु गरे । परिक्षाहरु भने भौतिक रुपमा गरिने प्रयास गरिदै छ, शैक्षिक क्षेत्र खोल्ने तयारी पनि गरिदै छ । यसै विषय केन्द्रीत रहेर शंकरदेब क्याम्पस काठमाडौंका नेपाल विद्यार्थी संघका सभापति विवेक लामा घिसिङ्गसँग न्यूज दैनिकले गरेको कुराकानी । सर्वप्रथम यहाँलाई स्वागत छ । …

पुरा पढ्नुहॊस »

गृहमन्त्रीलाई गगनको प्रश्‍न- के अंग्रेजी नजान्‍नेहरु नागरिक होइनन् ?

काठमाडौं । सरकारले भिजिट भिसामा विदेश जाने नागरिकले अंग्रेजी भाषा अनिवार्य जानेको हुनुपर्ने नियम ल्याएकोमा कांग्रेस नेता गगनकुमार थापाले रोष प्रकट गरेका छन् । सरकारले भिजिट भिसासम्बन्धी कडा प्रावधान राखेर अध्यागमन कार्यविधि संशोधन गर्ने भएपछि कांग्रेस सांसदसमेत रहेका थापाले यसबारे गृहमन्त्री रामबहादुर थापा बादललाई प्रश्‍न गरेका हुन् । नेता थापाले भिजिट भिसाको नाममा हुने अनुचित काममा संलग्‍नलाई कारवाही गर्नुपर्नेमा अन्य नागरिकसँग शैक्षिक प्रमाणपत्र र अंग्रेजीको दक्षता खोजिनु बिल्कुलै गलत कदम …

पुरा पढ्नुहॊस »

कलंकीमा ट्रकले अरु गाडीलाई ठक्कर दिंदा दुईको मृत्यु, ६ जना घाइते

काठमाडौं । काठमाडौंको कलंकीमा ट्रकको ब्रेक फेल भएर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा कङशंकर दमाई, रञ्जित कुमार चौधरी रहेका छन् । यस्तै घाइते हुनेहरुमा शम्भुनाथ, रामचन्द्र सिम्खडा, सुजन मानन्धर, विशाल श्रेष्ठ र सन्ध्य खत्री रहेका छन् । प्रहरीका अनुसार थानकोटबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश २–०३००१ ख १४२० नम्बरको मालवाहक ट्रक ढुंगेअड्डामा ब्रेक फेल भई दुर्घटना भएको हो …

पुरा पढ्नुहॊस »

कांग्रेसको निष्कर्ष: सरकारकै कारण राजावादी र विप्लव समूह सक्रिय

काठमाडौं । प्रमुख विपक्षी दल कांग्रेसले सरकारकै कामका कारण देशमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपादेखि राजावादीसम्मको सक्रियता बढेको निष्कर्ष निकालेको छ । विहिबार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सो निष्कर्ष निकालेको हो । बैठकमा विप्लव समूहद्वारा शिक्षक हत्यादेखि राजावादीको प्रदर्शनसम्मका घटनाको विषयमा छलफल भएको थियो । भ्रष्ट सरकारका क्रियाकलापकै कारण जनतामा निराशा छाएको र त्यसैको फाइदा उठाएर विप्लवदेखि राजावादीसम्म सक्रिय बनेको उसको निष्कर्ष छ । सरकारलाई खबरदारी गर्न …

पुरा पढ्नुहॊस »

घटेन कोरोना ग्राफ, विश्वमा संक्रमितको संख्या ७ करोड नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या ७ करोड ६ लाख नाघेको छ भने १५ लाख ८७ हजारभन्दा बढीको मृत्यु भएको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ७ करोड ६ लाख ९८ हजार ३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको …

पुरा पढ्नुहॊस »

आजको मौसम: पहाडमा वर्षा, हिमालमा हिमपात

काठमाडौं । अहिले प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकि भू-भागहरुमा आंशिक बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दक्षिणपूर्वी अरवियन सागरमा विकसित न्युन चापीय प्रणालीको प्रभाव नेपालकाे मौसम बदली भएको हो । यस्तो छ तीन दिनको पूर्वानुमान मंसिर २६ गते (शुक्रबार) दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका …

पुरा पढ्नुहॊस »