देशभर चिसो बढ्दै, काठमाडौंको तापक्रम १.२ डिग्री

काठमाडौं । काठमाडौंको आज बिहानको तापक्रम १.२ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार यो वर्षकै कम ०.८ डिग्रीमा झरेको काठमाडौंको शुक्रबार बिहानको तापक्रम थोरै बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार बिहान पौने ८ बजेसम्ममा यो तापक्रम थोरै घट्न सक्नेछ । तर भोलिदेखि देशभरी कै मौसम आशिंकदेखि सामान्य बदली हुने भएकाले एकदुई दिन न्यूनतम तापक्रम नघट्ने उनले बताइन् ।

शुक्रबार रातिदेखि सक्रिय हुन लागेको पश्चिमी वायुको प्रभावले शनिबार सुदूरपश्चिमको उच्चा हिमाली भेगमा हिमपात र लुम्बिनी प्रदेशमा पानी पर्नै संभावना छ । यस्तै आइतबार पहाडी भेगको थोरै ठाउँमा पानी पर्नेछ । यसले देशभर चिसो बढ्ने पूर्वानुमान महाशाखाले गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस