काठमाडौं । मोडर्न कन्या मल्टिपल कलेजले हाम्रो तीज राम्रो तीज कार्यक्रम सम्पन्न गरेको छ । शनिबार भएको कार्यक्रममा वरिष्ठ कलाकार‚ साहित्यकार‚ गीतकार‚ गायिका‚ नायिका‚ र पत्रकारहरूको विशेष उपस्थिति रहेको थियो । प्रमुख अतिथिहरूमा वरिष्ठ कलाकार रश्मि भट्ट‚ नायिका अनु शाह‚ गायिका रीतु कडेल‚ महिला निर्देशक सुचित्रा श्रेष्ठ‚ र नेपाल पूँजीबजार संघकी अध्यक्ष राधा पोख्रेललगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो । सो अवसरमा नायिका अनु शाहले तीज गीत गएकी थिइन् ।
पुरा पढ्नुहॊस »तिजका अवसरमा हार्दिक आईभीएफले ल्यायो विशेष अफर
काठमाडौँ । राजधानीको सिनामंगलस्थित हार्दिक आईभीएफ एण्ड फर्टिलिटी सेन्टरले जितको अवसर पारेर एक अफर सार्वजनिक गरेको छ । सेन्टरले विशेष छुटका साथ भाद्र महिनाभर सेवा उपलब्ध गराउने शुक्रबार एक विज्ञप्तिमार्फत जनाएको छ । जसअनुसार डाक्टर कन्सल्टेसन तथा टि.भि.एस (भिडियो एक्सरे) सेवा निःशुल्क हुने छ भने आई. यु.आई सेवामा ५० प्रतिशत छुट, आईभीएफ सेवामा १० प्रतिशत छुट र औषधी तथा ल्याब टेस्ट सेवामा १० प्रतिशत छुट दिइने सेन्टरले जनाएको छ । …
पुरा पढ्नुहॊस »मैनालीको ‘मुकाम रणमैदान’लाई मदन पुरस्कार, जगदम्बा-श्री यादवलाई
काठमाडौं । २०८० सालको मदन पुरस्कार मोहन मैनालीको पुस्तक ‘मुकाम रणमैदान’ले पाउने भएको छ । मदन पुरस्कार गुठीको शुक्रबार बसेको साधारण सभा बैठकले मैनालीको पुस्तकलाई मदन पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको हो । मैनालीको पाँचौँ पुस्तक ‘मुकाम रणमैदान’ नेपाल-अंग्रेज युद्धको इतिहास हो । यसअघि उनका ‘मान्ठा डराएको जुग’, ‘उपल्लो थलो’, ‘देखेको देश’ र ‘आकाशमुखी’ पुस्तक प्रकाशित छन् । बैठकले प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा-श्री २०८० पुरस्कारबाट सम्मान गर्ने भएको छ । …
पुरा पढ्नुहॊस »बिगमार्टमा माछापुच्छ्रे बैंकका ग्राहकलाई सुविधा, सोमबारको भुक्तानीमा ‘क्यासब्याक’
काठमाडौं । माछापुच्छ्रे बैंक र मेगा मार्ट प्रालि (बिग मार्ट प्रालि) बीच डिजिटल कारोबारलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले एक सम्झौता भएको छ। सम्झौतासँगै देशभरिका बिग मार्ट आउटलेटहरुबाट माछापुच्छ्रे बैंकका ग्राहकहरुले बैंकले उपलब्ध गराएका विभिन्न डिजिटल माध्यमहरु प्रयोग गरी सामान खरिद गर्दा आकर्षक सुविधाहरु पाउनेछन्। यसैबीच बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै हरेक सोमबार बैंकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पीओएसबाट बिग मार्टमा पेमेन्ट गर्दा एक पटकमा १० प्रतिशत वा …
पुरा पढ्नुहॊस »कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (शुक्रबार) घटेको छ । लगाता दुई दिन कीर्तिमान बनाएको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बिहीबार सुनको मूल्य तोलाको १ लाख ५३ हजार २ सय रुपैयाँ कायम भएको थियो । जुन अहिलेसम्मकै उच्च हो । …
पुरा पढ्नुहॊस »एनआईसी एशियाले ल्यायो सम्पती लिलाम पोर्टल, अब लिलाम सम्बन्धी सूचना एकैठाउँमा
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लिलाम बिक्रि पोर्टल संचालनमा ल्याएको छ। बैकको नाममा रहेका गैर बैंकिंग सम्पती तथा धितो सुरक्षणमा रहेका सम्पति लिलाम मार्फत बिक्रि गर्नलाई यो पोर्टल ल्याइएको बैंकले जनाएको छ। बैंककाअनुसार यस पोर्टल मार्फत बैंकले लिलाम विक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारे जानकारी प्राप्त हुनेछ । जसमा ग्राहकको सहजताका लागि लिलाम बिक्री सम्बन्धी प्रकाशित गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टल https://auctionassistance.nicasiabank.com भित्र …
पुरा पढ्नुहॊस »हराइरहेकी नमोबुद्धकी १३ वर्षीया खुशी न्यौपाने खोलामा मृत भेटिइन्
काठमाडाैं । काभ्रे नमोबुद्धकी खुशी न्यौपाने मृत फेला परेकी छिन् । नमोबुद्ध नगरपालिका-६ की १३ वर्षीया बालिका न्यौपाने बिहीबार दिउँसोदेखि घरबाट हराइरहेकी थिइन् । हराएको खबर पाएलगत्तै खोजीमा निस्किएको प्रहरीले दाप्चा खोलाको दहमा खुशीको शव फेला पारेको हो । घटनाबारेअनुसन्धान भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।
पुरा पढ्नुहॊस »लुम्बिनी सरकारले प्रदेश बीमा नीति ल्याउने
काठमाडौँ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले प्रदेशले प्रदेश बीमा नीति ल्याउने बताएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यमा बिहीबार लुम्बिनीको राप्ती उपत्यकामा सम्पन्न बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री सारुले यस्तो बताएका हुन् । कार्यक्रममा सारूले प्रदेश सरकारले नेपाल बीमा प्राधिकरणसँग समन्वय गरेर ‘प्रदेश बीमा नीति’ ल्याउने जानकारी दिएका हुन् । उनले कृषि तथा पशुपन्छी बीमा र स्वास्थ्य बीमामा समस्या रहेको उल्लेख गर्दै बीमा दाबी भुक्तानीलाई सरल र छिटोछरितो …
पुरा पढ्नुहॊस »नथिङ बन्यो संसारकै ‘फास्टेस्ट ग्रोइङ’ स्मार्टफोन ब्रान्ड
काठमाडाैं । युनिक डिजाइन, पावरफुल स्पेसिफिकेसन र परफरमेन्स सेन्ट्रीक इन्जिनियरिङ् गरिएको प्रिमियम स्मार्टफोन ब्रान्ड नथिङले आफ्नो पहिलो स्मार्टफोन लन्च गरेको दुई वर्षमै विश्व बजारमा हलचल मच्चाउन सफल भएको छ। सन् २०२२ मा पहिलो स्मार्टफोन नथिङ फोन वान लन्च गरेको नथिङले सन् २०२४ को पहिलो चौमासिकसम्म आइपुग्दा ६९३ प्रतिशतको वार्षिक वृद्धि हासिल गर्न सफल भएको हो। यो अप्रत्याशित वृद्धिदर हाँसिल हुनमा यसले विश्व बजारमा ल्याएको मिडरेन्ज स्मार्टफोन नथिङ फोन टु एको …
पुरा पढ्नुहॊस »चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त
काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (दिनेश डीसी) नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी समेत रहेका डीसी एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत हुन् । उनी टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माताका रूपमा पनि चिनिन्छन् । निवर्तमान अध्यक्ष भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो ।
पुरा पढ्नुहॊस »