कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (शुक्रबार) घटेको छ । लगाता दुई दिन कीर्तिमान बनाएको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बिहीबार सुनको मूल्य तोलाको १ लाख ५३ हजार २ सय रुपैयाँ कायम भएको थियो । जुन अहिलेसम्मकै उच्च हो ।

यो दिन चाँदीको मूल्य पनि घटेको छ । यो दिन चाँदीको मूल्य तोलाको १ हजार ८ सय २० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलाको १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

देशमा ६३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा, प्रतिकिलो १० रुपैयाँसम्म छुट

काठमाडौं । चाडपर्व लक्षित सुपथ मूल्य पसल बिहीबारदेखि सञ्चालनमा आएको छ । प्रमुख चाड दशैंतिहार …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds