ओरालो यात्रामा सुनको भाउ, दुई सातामा ८ हजार ८ सय रुपैयाँ सस्तो

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । नेपालमा सुनको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ । पछिल्ला दुई सातामा मात्रै सुन प्रतितोला ८ हजार ८०० रुपैयाँ घटेको हो ।

कात्तिक १५ गते प्रतितोला १ लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य अहिले प्रतितोला १ लाख ६२ हजार २ सय रुपैयाँमा झरेको छ । आज (बुधबार) पनि सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँमा रहेको सुन आज घटेर १ लाख ६२ हजार २ सय रुपैयाँमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा आएको यस प्रकारको गिरावट पछिल्लो दुई साताको उच्च गिरावट हो । तर, सुनको मूल्य घट्दै जाँदा चाँदीको मूल्य भने बढेको छ । मंगलबार प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा रहेको चाँदी बुधबार बढेर प्रतितोला १ हजार ९ सय ४० रुपैयाँ पुगेको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि ओरालो लाग्यो शेयर बजार

काठमाडौं । साताको चौथो दिनको शेयर कारोबारमा बजार परिसूचक नेप्से १४.१२ अंकले घटेको छ । …

प्रतिकृया दिनुहॊस