कडा सुरक्षा घेराबीच रविको दाेस्राे दिनको बयान

काठमाडौं । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज दोस्रो कडा सुरक्षाका बीच सरकारी वकिलको कार्यालय रुपन्देही लगिएको छ ।

पहिलो दिन प्रारम्भिक वयान भएको र दोस्रो दिन वयानलाई निरन्तरता दिनका लागि आज विहान १० बजे लामिछानेलाई सरकारी वकिलको कार्यालय लगिएको हो ।

उनलाई प्रहरीले प्रहरीको जंजिर नै बनाई नदेखिने गरि कडा सुरक्षाका साथ वयानको लागि लगिएको छ । सरकारी वकिलको कार्यालयमा ठूलो संख्यामा प्रहरी अधिकृतहरु नै खटिएर प्रहरीको घेरामा नै वयान कक्ष सम्म पु¥याइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस