कञ्चनपुुरमा भट्ट मृत फेला, पोस्टमार्टम गर्न धनगढी ल्याईयो

काठमाडौं । कञ्चनपुुरमा एक युवक मृत फेला परेका छन्। जिल्लाको बेलौरी नगरपालिका बेलौरी नगरपालिका –१ मटैया स्थित निर्माणाधीन श्रीपुर खानेपानी ट्याङ्किमा कृष्णपुर नगरपालिका –२ वाणिका अन्दाजी २० वर्षीय यज्ञराज भट्ट मृत फेला परेका हुन्।

बुधबार बिहानै ट्याङ्की नजिक भट्ट मृत फेला परेको प्रहरीले जनाएको छ। खानेपानीमा कार्यरत मजदुर भट्टको टाउको, खुट्टा र कम्मरमा चोट लागेको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

निर्माणाधीन ट्याङ्कीको छतमा उनको मोबाइल, टि–सर्ट र गन्जी समेत फेला परेको छ। भट्टको शव पोस्टमार्टमको लागी सेती प्रादेशिक अस्पताल धनगढी लगिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री