मैनालीको ‘मुकाम रणमैदान’लाई मदन पुरस्कार, जगदम्बा-श्री यादवलाई

काठमाडौं । २०८० सालको मदन पुरस्कार मोहन मैनालीको पुस्तक ‘मुकाम रणमैदान’ले पाउने भएको छ । मदन पुरस्कार गुठीको शुक्रबार बसेको साधारण सभा बैठकले मैनालीको पुस्तकलाई मदन पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको हो ।

मैनालीको पाँचौँ पुस्तक ‘मुकाम रणमैदान’ नेपाल-अंग्रेज युद्धको इतिहास हो । यसअघि उनका ‘मान्ठा डराएको जुग’, ‘उपल्लो थलो’, ‘देखेको देश’ र ‘आकाशमुखी’ पुस्तक प्रकाशित छन् ।

बैठकले प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा-श्री २०८० पुरस्कारबाट सम्मान गर्ने भएको छ । यादव भाषाशास्त्री हुन् । सिरहाका स्थायी बासिन्दा रहेका प्राध्यापक यादवको सम्पादनमा भाषासम्बन्धी विभिन्न पुस्तक प्रकाशित समेत छन् ।

२०८० को मदन पुरस्कारका लागि भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको नुन-तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैनालीको मुकाम रणमैदान र रोशन थापा ‘नीरव’ को सन्त्रासका साठी दिन रहेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘हेमबहादुर मल्ल सम्मान, २०७९’ कूटनीतिज्ञ थापालाई प्रदान

काठमाडौँ । कुशल प्रशासक एवं व्यवस्थापक स्व हेमबहादुर मल्लको स्मृतिमा स्थापित ‘हेमबहादुर मल्ल सम्मान–२०७९’ कूटनीतिज्ञ …

प्रतिकृया दिनुहॊस