काठमाडौँ । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक उत्तरदायित्व सम्बन्धि परियोजना पूरा गर्दै दोलखामा, गौरी शंकर बालगृह पूर्ण रूपमा मर्मत गरिएको भवन हस्तान्तरण गरेको छ ।
यस अवसरमा वर्ल्डलिंकका लेगेसी प्रोमोटर शेयरहोल्डर र सामाजिक उत्तरदायित्व कार्यक्रमका कार्य प्रमुख अनुपा भण्डारी जालान, भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धर, बालगृह अध्यक्ष विद्यालक्ष्मी उपाध्याय लगायतका बोर्डका सदस्यहरू उपस्थित थिए ।
आफ्नो सम्बोधनमा अनुपा भण्डारी जालानले अन्य संघसंस्थाहरूसँग पनि गौरी शंकर बालगृहको सुधारमा थप योगदान गर्न आह्वान गर्दै बालकल्याणका लागि अधिक सक्रियता प्रदर्शन गर्नुपर्ने आवश्यकता र महत्त्वलाई जोड दिइन् ।
मेयर ईश्वर नारायण मानन्धरले पनि अन्य संस्थाहरूलाई यस प्रकारका सामाजिक दायित्वका कार्यहरूमा सक्रिय हुन प्रेरित गर्दै वर्ल्डलिंकलाई धन्यवाद व्यक्त गरेका थिए ।
वर्ल्डलिंकले भवनको मर्मत कार्यमा २०७२ को भूकम्पका कारण क्षतिग्रस्त भएका भवनको छाना चुहावट तथा भित्ताहरूको मर्मत सँगै झ्यालढोकाको मर्मत तथा रङ्गरोगन, लगायत तीनवटा शौचालय तथा तीनवटा स्नानगृहको समग्र पुनर्निर्माण र आश्रित १७ जना बालकहरूका लागि डस्ना-कम्बल, र स्टेशनरी प्रदान गरी सफलतापूर्वक कार्य सम्पन्न गरेको छ।
यस परियोजनाले बाल गृहका बच्चाहरूलाई अझ सुरक्षित र आरामदायक बसोबासको सुनिश्चितता दिएको छ, जसले उनीहरूको शिक्षा, स्वास्थ्य तथा मानसिक समग्र विकासलाई मद्दत पुर्याउनेछ।
यो सामाजिक उत्तरदायित्वको पहल वर्ल्डलिंकको समाजप्रति समर्पण र समुदायको समृद्धिका लागि गरिएको प्रयासको प्रतीक हो। हस्तान्तरण समारोहले बालगृहका बच्चाहरूको लागि सुधारिएको अवस्थालाई चिन्हित गर्दै, अन्य संघसंस्थाहरूलाई पनि यस्ता समाजिक कार्यमा सहभागी हुन प्रोत्साहित गरेको छ।
प्रतिकृया दिनुहॊस