ज्योति विकास बैंकको एकै दिन चार नयाँ शाखा संचालनमा

काठमाडौं । ज्योति विकास बैंकले रुपन्देही जिल्लाको भैरहवा, पडसरी र अमवामा तथा कपिलवस्तु जिल्लाको जीतपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

सिद्धार्थनगर नगरपालिका ८ भैरहवामा रहेको नयाँ शाखाको नेपाल राष्ट्र बैंक सिद्धार्थनगर भैरहवाका का.मु. निर्देशक ऋषिराम बराल तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा  एक कार्यक्रमकाबीच संयुक्त रुपमा उद्घाटन गरे ।त्यसैगरि ओमसतिया गाउँपालिका १ पडसरीमा रहेको नयाँ शाखाको प्रमुख अतिथी ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट राहुल तथा बैंकका सञ्चालक ध्रुव कोइरालाले  उद्घाटन गरे भने सियारी गाउँपालिका ७ अमवामा रहेको नयाँ शाखा औपचारिक रुपमा सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारु तथा बैंकका संचालक जगदीश्वर प्रसाद अधिकारीबाट भयो ।

त्यसैगरी बैंकले वाणगङ्गा नगरपालिका ४ जीतपुर कपिलवस्तुमा पनि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन वाणगङ्गा नगरपालिका का मेयर मंगल प्रसाद थारु तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा ढुंगाना

काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको नयाँ कार्यसमिति गठन भएको छ । नयाँ कार्यसमितिको …

प्रतिकृया दिनुहॊस