पूर्वाधार विकास बैंकको सिइओमा ज्ञवाली नियुक्त

काठमाडाैं । पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवाली नियुक्त भएका छन् । सोमबार बसेको संचालक समितिको बैठकले ज्ञवालीलाई २ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो । यसअघि ज्ञवाली ग्लोबल आइएमई बैंक तथा नविल बैंकमा प्रमुख कार्यकारी अधिकृत भइसकेका छन् ।

२० अर्ब चुक्ता पुँजी रहने यस बैंकले देशको पुर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा कर्जा दिने, पुर्वाधार विकास सम्बन्धी परियोजना संचालन गर्ने, कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने, पुर्वाधार विकास सम्बन्धी परियोजना संचालनको लागि प्रतितपत्र खोल्ने तथा जमानत पत्रहरु जारी गर्ने काम गर्नेछ ।

राष्ट्र बैंकको स्वीकृति लिई पुर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक रकम जुटाउनका लागि विभिन्न वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने, दिर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गर्ने, डिवेञ्चर जारी गरी श्रोत परिचालन गर्ने जस्ता कामहरु गर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बैंकर मनोज ज्ञवालीको नजरमा मौद्रिक नीति समीक्षाका मुख्य ८ व्यवस्था र तिनका असर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले …

प्रतिकृया दिनुहॊस

This will auto close after