Tag Archives: featured

भारतको रिजर्भ बैंकका गभर्नरले राजीनामा दिए

काठमाडौं । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) का गभर्नर उरजित पटेलले राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारण देखाउँदै सोमवारदेखि लागू हुने गरी राजीनामा दिएका हुन् । उनलाई भारतीय मन्त्रिपरिषद सचिवको नेतृत्वमा रहेको फाइनान्सियल सेक्टर रेगुलेटरी एपोइन्टमेन्ट सर्च कमिटीले सिफारिश गरेपछि सरकारले एक वर्षअघि वि.सं. २०७३ को भदौमा पटेललाई तीन वर्षका लागि गभर्नरमा नियुक्ति दिएको थियो । राजीनामा दिँदै पटेलले एक वर्षभन्दा बढी अवधिदेखि आरबीआईको गभर्नरमा रहँदा …

पुरा पढ्नुहॊस »

बैंक अफ काठमाडौं आईएमई पे वालेटमा आबद्ध

काठमाडौं । आर्इएमई पेका सेवाग्राहीहरूले अबदेखि बैंक अफ काठमाडौं लिमिटेडकाे खातामा लिङ्क गरी आइएमई पे वालेटमा सिधै रकमान्तर गर्न सक्ने भएका छन् । बैंक अफ काठमाडौंले सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू उपलब्ध गराउनेछ । साथै बैंक अफ काठमाडौंका  सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आरमार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछन् । यससँगै …

पुरा पढ्नुहॊस »

राष्ट्रिय बाणिज्य बैंकमा ठुलो संख्यामा कर्मचारी मागको तयारी

काठमाडौँ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा कर्मचारी माग गर्ने तयारी गरेको छ । बैंकले साढे पाँच सय जना कर्मचारी भर्नाका लागि पुस पहिलो हप्ता विज्ञापन खुलाउने तयारी गरेको जनाएको छ । लोक सेवा आयोग र अर्थमन्त्रालयबाट स्वीकृत भई अहिले कर्मचारी मागको फाइल नेपाल राष्ट्र बैंक पुगेको छ । राष्ट्र बैंकले अबको एक हप्ताभित्र उक्त फाइल स्वीकृत गर्नेछ । राष्ट्र बैंकबाट स्वीकृत भएको एक हप्तापछि विज्ञापन खुल्नेछ ।

पुरा पढ्नुहॊस »

नेपाली बजारमा मंसिर २९ देखि ‘ओप्पो आर १७ प्रो’

काठमाडौं । सेल्फी एक्स्पर्ट एन्ड लिडर ओप्पोले आधिकारिक रूपमै ‘आर–सिरिज’ का मोबाइल सेट नेपालमा मंसिर २९ गतेबाट बिक्री गर्ने घोषणा गरेको छ । नेपालमा निकै लामो समयदेखि प्रतीक्षा गरिएको  आर–सिरिजको बिक्री सुरुवात नयाँ स्मार्टफोन ‘ओप्पो आर१७ प्रो’ मार्फत गर्ने छ । कम्पनीका अनुसार आर१७ प्रोबाट राति पनि उत्कृष्ट तस्बिर लिन सकिन्छ । यसमा रहेको अल्ट्रानाइट मोड ‘सिज द नाइट’ विशेषता पनि उपलब्ध छ । त्यसैगरी यसमा १.५–एफ२.४ को भेराएबल स्मार्ट …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकको नयाँ शाखा वालिङ र तानसेनमा

काठमाडौं । ज्योति विकास बैंकले स्याङ्जाको वालिङ र पाल्पाको तानसेनमा नयाँ शाखा संचालनमा ल्याएको छ । पाल्पाको तानसेन नगरपालिका ४ मा रहेको नयाँ शाखाको उद्घाटन तानसेन नगरपालिका मेयर अशोक कुमार शाही तथा बैंकका संचालक नारायण प्रसाद पौड्यालद्वारा संयुक्त रुपमा भयो । त्यसैगरी, स्याङ्जाको वालिङ नगरपालिका ८ मा रहेको नयाँ शाखाको पनि औपचारिक रुपमा वालिङ नगरपालिकाका मेयर दिलीप प्रताप खाँण तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा संयुक्त रुपमा भयो ।

पुरा पढ्नुहॊस »

आजको विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको (मंसिर २४) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ९९ पैसा तोकेको छ । यसैगरी बिक्रि मूल्य भने ११३ रुपैयाँ ५९ पैसा रहेको छ ।  एक युरोको खरिददर १२८ रुपैयाँ ५६ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ २४ पैसा रहेको छ । यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४३ रुपैयाँ ८० पैसा  र बिक्रिदर १४४ रुपैयाँ ५६ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको नयाँ शाखा झापामा

काठमाडौं । एन आई सी एशिया बैंकले झापा गाउँपालिका २ झापा बजारमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । शाखाको उद्घाटन झापा गाउँपालिका अध्यक्ष जय नारायण शाहले गरे । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

पुरा पढ्नुहॊस »

ग्लोबल बैंकको थप ६ शाखारहित बैंकिङ सेवा

काठमाडौँ । ग्लोबल आइएमई बैंकले थप ६ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। बैंकले डडेल्धुरामा २ वटा, डोटीमा २ वटा र बैतडीमा २ वटा गरी ६ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।थप ६ शाखा सञ्चालन पछि शाखारहित बैंकिङ्ग सेवाको संख्या ११० पुगेको छ। सबै शाखारहित बैंकिङ्ग सेवाहरुको उद्घाटन स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीको रोहवरमा भएको हो। शाखारहित बैंकिङ्ग इकाईबाट ग्रामीण क्षेत्रका स्थानीयले स्थानीय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन …

पुरा पढ्नुहॊस »

सानिमा लाइफको युनिक लाइफ इन्स्योरेन्स याेजना

काठमाडाैं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिहजार ७० रुपैयाँ बोनसको निश्चिततासहित नयाँ जीवन बीमालेख योजनाको घोषणा गरेको छ । इन्स्योरेन्सले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा घोषणा गरेको उक्त योजनामा इन्स्योरेन्सले नोक्सानको अवस्थामा समेत प्रतिहजार बीमाङ्कमा रु ७० बोनस प्रदान गर्ने घोषणा गरेको हो । ‘सानिमा जीवनश्री’ नाम दिइएको उक्त योजनाकाे अवधि १० वर्ष, १५ वर्ष, २० वर्ष र २५ वर्ष तोकिएको छ । उक्त योजनाको बीमालेख खरिद गर्दा १० बर्षको बीमालेखका …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकद्धारा सिीद्ध सालीग्राम आश्रमलाई सहयोग

काठमाडाैं ।   कृषि विकास बैंकको दुधपाटी शाखाबाट आयोजित कार्यक्रममा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृति पूर्णप्रसाद आचार्यको प्रमुख आतिथ्यमा सिद्धि स्मृति प्रतिष्ठान तथा सिद्धि सालीग्राम जेष्ठ नागरीक आश्रमलाई करिब रु ३ लाख ८५ हजार बराबरको भौतिक सहयोग गरेको छ । जसमा  रुम हिटर–६ थान, थ्रमश स्टील बडी–३५ थान, टेलिभिजन–५ थान, स्टीलदराज–४ थान, स्टील र्याक–४ थान र कुर्र्ची–१०० थान हस्तान्तरण गरेको हो ।

पुरा पढ्नुहॊस »