एनआइसी एसिया बैंकको डेपुटी सिइओमा सुधिरनाथ पाण्डे

काठमाडाैं । एनआईसी एशिया बैंकको सञ्चालक समिति बैठकले सुधिरनाथ पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ । यसअघि उनी सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा रहेका थिए ।

२०४६ साल मंसिरमा तत्कालीन नेपाल ग्रीण्डलेज बैंकबाट बैंकिङ्ग सेवामा प्रवेश गरेका पाण्डेले बैंकको विभिन्न विभागीय प्रमुखका रुपमा रही भूमिका निर्वाह गर्दै आएका हुन् । प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेसँगै उनले बैंकको दीर्घकालिन रणनीति तर्जुमा तथा सोको प्रभावकारी कार्यान्वयनमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन् ।

पाण्डेले आजैबाट पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले “बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि” भन्ने बैंकको मूल नारालाई आत्मासाथ गर्ने प्रतिबद्धता जनाए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घट्यो

काठमाडौं । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, …

प्रतिकृया दिनुहॊस

This will auto close after