Tag Archives: featured

देवः विकास बैंकको जलविरे शाखा स्थानान्तरण

काठमाडौं । देवः विकास बैंकले सिन्धुपाल्चोककको वलेफी गाउँपालिका–१ स्थित जलविरे बजारमा रहेको शाखा कार्यालय आइतवारदेखि वलेफी गाउँपालिका–१ जलविरे बजारकै नवनिर्मित कार्यालयमा स्थानान्तरण गरेको छ । बैंकले ग्राहकलाई सहज रूपमा सेवा प्रदान गर्न नयाँ स्थानमा शाखा स्थानान्तरण गरेको बताएको छ । उक्त शाखाबाट बैंकले सम्पूर्ण रिटेल बैंकिङ सेवासहित सी–आस्बा, भिसा डेबिट कार्ड, ई–बैंकिङ, एसएमएस बैंकिङ लगायत सेवा प्रदान गर्ने उल्लेख गरेको छ ।

पुरा पढ्नुहॊस »

एनएमबिको ‘जीवन चक्र बचत खाता’ शुरू

काठमाडौं । एनएमबि बैंकले ‘एनएमबि जीवन चक्र बचत खाता’ सञ्चालनमा ल्याएको छ ।  बैंकले उक्त बचत योजनामा सात सह–योजना रहेको बताउँदै यसले जन्मदेखि वृद्धावस्थासम्मका सम्पूर्ण बैंकिङ आवश्यकता पूरा गर्ने बताएको छ । योजनाले निक्षेपकर्ताको उमेर समूहका आधारमा योजना स्वचालित परिवर्तन हुने सुविधा उपलब्ध गराएको जानकारी दिइएको छ । आवासीय घरमा हुनसक्ने चोरीलाई समेट्ने बीमासहितका अन्य योजना पनि यसमा समावेश छन् । बैंकका देशभर हाल १६३ शाखा, १२८ एटीएम र ५ …

पुरा पढ्नुहॊस »

चितवनको पिठुवामा सनराइज बैंकको ४० औं शाखारहित बैंकिङ्ग सेवा

काठमाडाैँ । सनराइज बैंकले चितवनको पिठुवामा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ। बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा सेवा पुर्‍याउँदै जाने उद्देश्यका साथ चितवन जिल्लाको रत्ननगर नगरपालिका वडा नं १४ मा ४० औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याइएको बैंकले जनाएको छ। रत्ननगर नगरपालिकाको अध्यक्ष हरि कुमार श्रेष्ठ र बैंकको प्रादेशिक कार्यालय ३ का सदस्य अचुत जङ्ग श्रेष्ठले एक समारोहका बीच पिठुवामा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे। सो समारोहमा अचुत जङ्ग श्रेष्ठले …

पुरा पढ्नुहॊस »

नेपाल इन्स्योरेन्सद्वारा लघु बीमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले लघु बिमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार आयोजित उक्त कार्यक्रम कन्चनपुरको महेन्द्रनगर स्थित होटल ओपेरामा भएको हो । कार्यक्रममा कन्चनपुर जिल्लाका सम्पूर्ण लघुवित्त संस्था, सहकारी संस्था विभिन्न बैंक तथा वित्तिय संस्था, सरकारी कार्यालय, बीमा कम्पनीका प्रतिनिधिहरु, प्रहरी प्रशासन लगायत स्थानिय समाजसेवीहरुको उपस्थित रहेको थियो । नेपालको पिछडिएको क्षेत्र तथा न्यून आय भएको वर्ग सम्म लघु बीमाको पहुच विस्तार गरी न्यून आय …

पुरा पढ्नुहॊस »

प्राइमलाइफ इन्स्योरेन्सले दियाे नयाँ अभिकर्तालाई तालिम

काठमाडौं । प्राइमलाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता आधारभुत तालिम सम्पन्न गरेको छ । उक्त तालिम अर्घाखाँची कार्यालय प्रमुख नारायण घिमिरेको मुख्य प्रशिक्षक र कम्पनीका एजेन्सी मेनेजरहरु र इन्स्योरेन्स एड्भाइजरको प्रशिक्षणमा सम्पन्न भएको हो । मंसिर १९, २० र २१ गते सन्धिखर्क अर्घाखाँचीमा भएको उक्त कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट उपस्थित नयाँ अभिकर्ताहरुलाई तालिम प्रदान गरिएको थियो । सम्पुर्ण नेपालीलाई बीमाको दायरामा ल्याउने उद्देश्यका साथ आफ्ना अभिकर्ताहलाई नियामकको तालिम तालिका बमोजिम बिशेष महत्वका …

पुरा पढ्नुहॊस »

सागमा गौरिकालाई तेस्रो स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा  गौरिका  सिंहले पौडी खेलाडी अन्तरगत आइतबार  ४०० मिटर फ्री स्टाइलमा स्वर्ण जितेकी  छन्। उनले सात दोबाटोस्थित हिटिङ पौडी पोखरीमा भारतीय खेलाडी शिवाङ्गी शर्मालाई पछि पार्दै स्वर्ण जितेकी हुन्।  यसअघि उनले १३ औं सागमा दुई स्वर्ण तथा एक–एक रजत र कास्य जितिसकेकी छन्।

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंकको सीईओमा परशुराम कुवँर क्षेत्री

काठमाडौं ।ग्लोबल आईएमई बैंक र जनता बैंक मर्जपछि बनेको ग्लोबल आईएमई बैंकको  प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा परशुराम कुवँर क्षेत्री नियुक्त भएका छन् भने  का.मु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले कार्यभार सम्हाल्ने भएका छन् । मंसिर २० गते बसेको बैंकको संचालक समितिको बैठकले कम्पनीको सीईओ र का.मु प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।

पुरा पढ्नुहॊस »

लक्ष्मी बैंकको शाखा झापाको काँकडभिट्टामा

काठमाडौं । लक्ष्मी बैंकले  आफ्नो १२० औँ शाखा झापाको काँकडभिट्टामा संचालनमा ल्याएकोे छ । बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न , नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सेवा विस्तार गर्दै आएको हो । नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १ सय २० शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १ …

पुरा पढ्नुहॊस »

ऋचा शर्माको बिहे फोटो फिचर

नायिका ऋर्चा शर्मा बैवाहिक बन्धनमा बाँधिएकी छिन् । ऋचाले मसिंर २१ गते शनिबार लमिब मलका म्यानेजर दिपेक्ष विक्रम राणासँग बिबाह गरेकी हुन् ।

पुरा पढ्नुहॊस »

एनएमबी बैंकद्वारा विशिष्ट प्रकारको ‘एनएमबी जीवन चक्र बचत खाता’ आरम्भ

काठमाडौं । एनएमबी बैंकले नेपाली वित्तीय बजारमा एक विशिष्ट प्रकारको ‘एनएमबी जीवन चक्र बचत खाता’ प्रस्तुत गरेको छ । यो नव सिर्जनशील योजनामा सात सह– योजनाहरु समावेस छन्, जसमा व्यक्तिको जन्मदेखि वृद्धावस्थासम्मका सम्पूर्ण बैंकिङ आवश्यकताहरु पूरा हुने गरी प्रस्तुत गरिएको  बैंकले जनाएको छ । यो बैंकिङ्ग योजनाले निक्षेपकर्ताहरुको उमेर समूहका आधारमा योजनाहरू स्वचालित परिवर्तन हुने सुविधा उपलब्ध गराउ“दछ । यस योजना अन्र्तगत हरेक उमेर समूहका लागि विशेष खालका सुविधाहरू उपलब्ध …

पुरा पढ्नुहॊस »