Tag Archives: featured

जनकपुरमा टाटाको कार मेला शुरु

काठमाडौं ।टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बितरक सिप्रदी टे«डिङ्ग कोे बर्षेनी देशका बिभिन्न स्थानमा गर्दै आएको कार मेला यस बर्ष यही माघ २ र ३ गते जनकपुरमा सिप्रदी टे«डिङ्ग र सिप्रदी टे«डिङ्ग का बिक्रेता गिरिजा अटोमोबाइल्स्को सहकार्यमा आयोजना भएको छ । यस बर्षको कार मेला २०७६÷१०÷२ गते बिहान ११ बेज देखि साँझ ७ बजे सम्म होटल राजदरबार जनकपुरमा आयोजना भएको आयोजकले जनाएको छ । यस मेलामा ग्राहकहरुले एकै …

पुरा पढ्नुहॊस »

नबिल बैंकले खाेल्याे २३ वटा नयाँ शाखा

काठमाडौं । नबिल बैंकले विभिन्न २३ स्थानमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले  प्रदेश १, प्रदेश २, प्रदेश ३, प्रदेश ४ र प्रदेश ५ मा गरी पाँच वटा प्रदेशको विभिन्न स्थानमा शाखा विस्तार गरी शाखा सञ्चाल बढाएको छ । सो मध्ये प्रदेश १ मा इनरुवा, बिराटचोक, दुहवी, हिले, उर्लाबारी र गाईघाटमा गरी ६ स्थानमा नयाँ शाखा विस्तार गरेको छ । प्रदेश २मा तीन वटा शाखा विस्तार गरेको छ । …

पुरा पढ्नुहॊस »

चलचित्र‘लक्का जवान’को गीत सार्वजनिक

काठमाडौं ।  चलचित्र ‘लक्का जवान’को शिर्ष गीत सार्वजनिक गरिएको छ ।बब्लु गिरीको संगीतमा तयार भएको गीतमा डीपी खनालको शब्द छ भने बब्लु र मिना निरौलाको स्वर छ । भिडियोमा  भिडियोमा प्रियंका कार्की, दिलिप रायमाझी, सलोन बस्नेत, बर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरी पौडेललाई  देख्न सकिन्छ ।

पुरा पढ्नुहॊस »

आजको विदेशी मुद्राको विनिमयदर

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले बिहीबार (माघ २) जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ०० पैसा र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ ०१ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४७ रुपैयाँ १४ पैसा र बिक्रीदर १४७ रुपैयाँ ९२ पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकको प्रमुख भुक्तानी साझेदारमा जीएमई रेमिट नियुक्त

काठमाडौं । ज्योति विकास बैंक अन्तर्गतको ज्योति रेमिटको प्रमुख भुक्तानी साझेदारको रुपमा जीएमई रेमिट नियुक्त भएको छ। रेमिट सेवालाई ग्राहकको लागि अझ सहज बनाउने हेतुको साथ ज्योति विकास बैंकले उक्त साझेदारी गरेको छ। सम्झौतापत्रमा ज्योति विकास बैंककातर्फबाट बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा तथा जीएमई रेमिटकोतर्फबाट जीएमई रेमिटका सिओओ प्रमोदसिंह बस्नेतले हस्ताक्षर गरेका हुन् । यस सम्झौता पश्चात ज्योति रेमिटबाट पठाइएको रकमलाई नेपाल भरी जीएमईका कुनै पनि एजेन्टबाट भुक्तानी लिन सकिनेछ।जीएमईको …

पुरा पढ्नुहॊस »

नेपाली बैंकमा गो–एएमएल सफ्टवेयर लागू, झन्झटिलो बन्यो बैंकिङ प्रणाली

काठमाडौं । नेपाल राष्ट्र बैंकले ल्याएको नयाँ नीतिका कारण बैंकिङ कारोबार झन्झटिलो बनेको छ । राष्ट्र बैंकले बुधबारदेखि लागू हुनेगरी ल्याएको नयाँ नीतिमा अर्को व्यक्तिको खातामार्फत बैंकिङ कारोबार गर्नुपर्दा कारोबार गर्ने व्यक्तिले आफ्नो तीन पुस्ते विवरण भर्नुपर्ने भएको छ । त्यतिमात्रै होइन १० लाख भन्दा बढी कारोबार गर्ने जुनसुकै व्यक्ति वा सोभन्दा कम कारोबार गरे पनि बैंकले शंकास्पद मानेमा जतिसुकै कारोबार गर्ने व्यक्तिले समेत बैंकले मागेका सूचनाहरु दिनुपर्ने अवस्था नयाँ …

पुरा पढ्नुहॊस »

मुसहर र नेटुवा बस्तीका दुई सय बालबालिकालाई मेगा बैंकको न्यानो कपडा

उदयपुर । मेगा बैंक नेपाल लिमिटेडले उदयपुरमा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले नेपाल सामाजिक विकास तथा जन सशक्तिकरण केन्द्रमार्फत उदयपुरको बेलका नगरपालिकाका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो । बेलकाको सरस्वती आधारभुत विद्यालय एबीसी कोशीटप्पु र बेलका नगरपालिकाकै भालमनटीस्थित सरस्वती आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पूर्वमन्त्री एवं संघीय सांसद डा. नारायण खड्का र मेगा बैंक प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु …

पुरा पढ्नुहॊस »

देव विकास बैंकलाई कुमारी बैंकले एक्वायर गर्ने सम्झौता

काठमाडौं । कुमारी बैंकले देव विकास बैंकलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ । लामो समयदेखि छलफलमा रहेका कुमारी बैंक र देव विकास बैंकबीच एक्विजिसनका लागि बुधबार समझदारी जुटेको कुमारी बैंकका एक जना सञ्चालकले जानकारी दिए । ती संचालका अनुसार कुमारीले देवलाई १००ः८६ को अनुपातमा लिने प्रारम्भिक समझदारी भएको छ । कुमारीले देवलाई लिएपछि राष्ट्रियस्तरको विकास बैंकको संख्या ८ मा झर्ने छ । राष्ट्रियस्तरका अहिले ११ ओटा विकास बैंक अस्तित्वमा छन् । …

पुरा पढ्नुहॊस »

नेपाल इन्भेष्टमेण्ट बैंककाे मन्दिर पुनर्निर्माणमा ५० लाख सहयोग

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले श्री भिमसेन मन्दिर पुनर्निर्माणका लागि सरोकार समितिलाई ५० लाखको चेक हस्तान्तरण गरेको छ । बैंकले समितिका अध्यक्ष कृष्णलाल महर्जनलाई चेक हस्तान्तरण गरेका हुन् । २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भुकम्पबाट क्षतिग्रस्त पाटन मंगलबजार स्थित व्यापारीवर्गहरुको आराध्य देवताको रुपमा रहेको भिमसेन मन्दिर पुनर्निर्माणको लागि जिल्लास्थित विभिन्न जातिय समाज, व्यापारिक वर्ग, संघ संस्था, मंगल टोल सुधार समिति समेतको आग्रहमा ललितपुर महानगरपालिका र ललितपुर उद्योग वाणिज्य …

पुरा पढ्नुहॊस »