काठमाडौं । एसिया कप क्रिकेट खेल्न गएको नेपाली टोली बुधबार स्वदेश फर्किएको छ । विश्वकप विजेता टोली भारत र पाकिस्तानसँग ऐतिहासिक प्रतिस्पर्धा गरेको नेपाली टोली स्वदेश फर्किएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सो टोलीको बाजागाजासहित भव्य स्वागत गरिएको छ । समूह ए मा रहेको नेपाल पाकिस्तान र भारत दुबैसँग पराजित हुँदै एसिया कपको समूह चरणबाटै बाहिरिए पनि पहिलो पटक विश्व विजेता टोलीसँग उत्कृष्ट प्रदर्शन गरेर विश्वको ध्यान नेपालतर्फ आरक्षित गर्न …
पुरा पढ्नुहॊस »सामाजिक सुरक्षा कोषद्वारा पाँच अर्ब ६७ करोड दाबी भुक्तानी
काठमाडौँ । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत रु पाँच अर्ब ६७ करोड दाबी भुक्तानी गरेको छ । कोषले विभिन्न योजना सञ्चालन गरेबापत ९८ हजार पाँच सय ७३ योगदानकर्तालाई उक्त रकम भुक्तानी गरेको हो । योगदानकर्ताको जीवनमा आइपर्ने स्वास्थ्य जोखिम कम गर्न तथा आयको निरन्तरताका लागि चार प्रकारका योजना सञ्चालनमा ल्याएको कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत ४० हजार तीन सय ८७ योगदानकर्तालाई रु ६५ करोड ८२ लाख ५० हजार …
पुरा पढ्नुहॊस »कोशीको भंगालो छुटेर बनेको ‘टापु’मा भेटियो १० दिनदेखि बेपत्ता डाक्टर कोइरालाको शव
काठमाडौँ । झापाको दमक-१ निवासी डाक्टर प्रज्वल कोइराला बेपत्ता भएको १० दिनपछि मृत फेला परेका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका-२ कोशीको भंगालो छुटेर टापु बनेको क्षेत्रमा उनको शव भेटिएको हो । माछा मार्ने स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेका थिए । डाक्टर कोइरालाको फोटोसँग मिल्दो जुल्दो रहेको सुरक्षा वेश चतराका इन्चार्ज शसस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्काले जानकारी दिए । रोक्काका अनुसार साढे ४ बजेतिर खबर आएपछि रोक्कासहितको टोलीले शवलाई धरानको …
पुरा पढ्नुहॊस »बेल्जियममा गायिका मल्लिकासँग महिलाले मनाए तीज
एजेन्सी । बेल्जियमस्थित नेपाली महिलाहरुले हरितालिका तीज मनाएका छन् । गेन्टस्थित नेपाल डिलाइट रेष्टुरेन्टमा आयोजित तीज कार्यक्रममा गायिका मल्लिका कार्कीले आफ्नो प्रस्तुती दिएकी थिइन् । सोमबार साँझ आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघ बेल्जियमकी महासचिव रुविना शर्मा प्रमुख अतिथिको रुपमा उपस्थित थिइन् । कार्यक्रमको संयोजक समाजसेवी सरिता पौडेलले गरेकी थिइन् । कार्यक्रममा सहभागी महिलाहरुले नवनिर्वाचित महासचिव शर्मालाई सम्मान गरेका थिए । कार्यक्रममा गायिका कार्कीले रातै सारी रातै टिकी, यति धेरै मान्छेहरुको …
पुरा पढ्नुहॊस »युएईसँगको खेल रद्द हुँदा नेपाल समूह उपविजेता
काठमाडौँ । महिला टी-२० विश्वकपको एसिया छनौट खेल अन्तर्गत नेपाल र युएईबीचको खेल वर्षाले रद्द भएको छ । मलेसियाको बायुएमास ओभल मैदानमा लगातार वर्षा भएपछि खेल रद्द भएको हो । योसँगै समूह ए बाट युएई ५ खेलमा ९ अंकसहित समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ भने नेपाल पनि ५ खेलमा ८ अंकसहितनै रनरेटका आधारमा दोस्रो हुँदै सेमिफाइनलमा पुगेको छ । अब समूह बी का आज हुने खेलबाट सेमिफाइनलमा युएई र …
पुरा पढ्नुहॊस »११ दिनसम्म पनि अज्ञातै छ मेजर पण्डितको अवस्था
काठमाडौं । आज बुधबार, भदौ २० । डोल्पाको सदरमुकाम दुनैस्थित नन्दबक्स गणका गुल्मपति विमल पण्डित सम्पर्कविहीन भएका ११ दिन पुग्यो । जिल्लास्थित तिनवटै सुरक्षा निकाय र स्थानीयको संयुक्त टोलीले खोजी गरे पनि अहिलेसम्म उनको अवस्था अज्ञात नै छ । उनको खोजीमा परिचालित टोलीले भेरी किनारमा एक शव फेला परेपछि पण्डितबारे दुःखद खबर हो कि भन्ने आशंका गरिएपछि जाजरकोटकी महिलाको भएको पुष्टि भएको थियो । मेजर पण्डितको खोजीमा तीनवटै सुरक्षा निकायबाट …
पुरा पढ्नुहॊस »स्वास्थ्य अनुसन्धान परिषद्ले माग्यो कर्मचारी
काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कर्मचारी भर्नाका लागि आवेदन माग गरेको छ । करार सेवामा पदपूर्तिका लागि परिषद्ले आवेदन माग गरेको हो । परिषद्का अनुसार अनुसन्धान अधिकृत २२, प्रशासन सहायक र लेखा सहायक दुईरदुई जना माग गरिएको छ । स्टोर सहायक एकजनाका लागि दरखास्त आह्वान गरिएको छ । सात दिनभित्र तोकिए बमोजिमको योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्ने छन् ।
पुरा पढ्नुहॊस »राष्ट्रपति पौडेल दिउँसो कृष्ण मन्दिर जाने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमीका अवसरमा आज पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गर्ने भएका छन् । राष्ट्रपति पौडेलको सचिवालयका अनुसार उनी आज दिउँसो ३ बजे कृष्णमन्दिरमा पुग्ने कार्यक्रम रहेको छ । प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ।
पुरा पढ्नुहॊस »ग्रेडवृद्धि परीक्षा सर्यो (सूचनासहित)
काठमाडौँ । कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा सरेको छ । राष्ट्रिय परीक्षा बोर्डले एक सूचना जारी गर्दै यही असोज ६ र ७ गतेलाई तय भएको परीक्षा असोज ९ र १० गते हुनेगरी सरेको जनाएको हो ।
पुरा पढ्नुहॊस »मौरी-भँवराको कमीले अलैँचीमा समस्या
काठमाडौँ । सिमसार र जङ्गलमा खेती गरिने अलैँचीमा डढुवा रोग लागेपछि धेरैजसो बगान नै सखाप भएका छन् । अलैँचीमा एकातिर डढुवा रोगको समस्या छ भने अर्कातिर भँवरा र मौरीको सङ्ख्या घट्दा परागसेचन प्रक्रियामा समस्या हुँदा उत्पादन निरन्तर घट्दो छ । यसका साथै विषादीको बढ्दो प्रयोग र जलवायु परिर्वतनको असर पनि अलैँची खेतीमा परेको छ । जसका कारण अलैँची किसान वार्षिक करोडौँ रुपियाँ बराबरको घाटा बेहोर्न बाध्य भएका छन् । वनस्पतिविद्का अनुसार विश्वमा जङ्गली फूलका …
पुरा पढ्नुहॊस »