बेल्जियममा गायिका मल्लिकासँग महिलाले मनाए तीज

एजेन्सी । बेल्जियमस्थित नेपाली महिलाहरुले हरितालिका तीज मनाएका छन् । गेन्टस्थित नेपाल डिलाइट रेष्टुरेन्टमा आयोजित तीज कार्यक्रममा गायिका मल्लिका कार्कीले आफ्नो प्रस्तुती दिएकी थिइन् ।

सोमबार साँझ आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघ बेल्जियमकी महासचिव रुविना शर्मा प्रमुख अतिथिको रुपमा उपस्थित थिइन् । कार्यक्रमको संयोजक समाजसेवी सरिता पौडेलले गरेकी थिइन् ।

कार्यक्रममा सहभागी महिलाहरुले नवनिर्वाचित महासचिव शर्मालाई सम्मान गरेका थिए । कार्यक्रममा गायिका कार्कीले रातै सारी रातै टिकी, यति धेरै मान्छेहरुको बीचमा, अच्छालिकीन लण्डनको चिसोले समाउलालगायतका गीत प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा रेनु केसी, मैया नेपाल, एनआरएनए बेल्जियमकी संयोजक शारदा धिताल, सम्झना लामिछाने, कविता थपलिया, रस्मी निरौला र उमा पोखरेल लगायतको उपस्थिति थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

Bida/सार्वजनिक बिदामा नेपालको ‘विश्व रेकर्ड’ !

आज पनि तिहारको बिदा

काठमाडौं । भाइटीका लगाई आइतबार नै तिहार (यमपञ्चक) समापन भए पनि सोमबार सरकारी कार्यालय खुल्ने …

प्रतिकृया दिनुहॊस