युएईसँगको खेल रद्द हुँदा नेपाल समूह उपविजेता

काठमाडौँ । महिला टी-२० विश्वकपको एसिया छनौट खेल अन्तर्गत नेपाल र युएईबीचको खेल वर्षाले रद्द भएको छ । मलेसियाको बायुएमास ओभल मैदानमा लगातार वर्षा भएपछि खेल रद्द भएको हो ।

योसँगै समूह ए बाट युएई ५ खेलमा ९ अंकसहित समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ भने नेपाल पनि ५ खेलमा ८ अंकसहितनै रनरेटका आधारमा दोस्रो हुँदै सेमिफाइनलमा पुगेको छ । अब समूह बी का आज हुने खेलबाट सेमिफाइनलमा युएई र नेपालका प्रतिद्वन्द्वी तय हुने छ ।

सेप्टेम्बर ९ सम्म सञ्चालन हुने यस एसिया छनौटमा १२ देशले भाग लिएका छन् । जसमा नेपाल समूह ए मा रहेको छ । समूह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र युएई रहेका छन् । त्यस्तै समूह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड रहेका छन् । त्यस्तै समूह बी बाट हङकङ सेमिफाइनलमा पुगिसकेको छ भने सेमिफाइनलमा पुग्न थाइल्याण्ड र कुवेत प्रतिस्पर्धामा रहेका छन् ।

दुवै समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनौट हुने छन् । सेमिफाइनलका खेल सेप्टेम्बर ८ मा हुने छन् भने प्रतियोगिताको फाइनल खेल सेप्टेम्बर ९ मा हुने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

कस्तो रहला आगामी तीन दिनको मौसम ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर …

प्रतिकृया दिनुहॊस