समाचार

‘ब्रेक-शु’बाट निकालियो सुन, तौल र गुणस्तर जाँच्न टक्सार लगिने

काठमाडौँ । मोटरसाइकलमा प्रयोग हुने ‘ब्रेक शु’को कभर बनाई तस्करी गरेर ल्याइएको सुन ब्रेक शुबाट बाहिर निकालिएको छ । २ साउनमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको सुन ब्रेक शुबाट बाहिर निकालिएको हो । उक्त सुनलाई अब तौल लिन तथा गुणस्तरका जाँचका लािग राष्ट्र बैंक अन्तर्गतको टक्सार महाशाखामा लगिने भएको छ । सुन तस्करी काण्डको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उक्त सुनको नापतौल लिन र गुणस्तर जाँच्नका …

पुरा पढ्नुहॊस »

बरामद सुन जोख्न भन्दै सीआईबीको पत्र टक्सार महाशाखालाई

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर २ साउनमा बरामद भएको करिब एक क्विन्टल सुन जोख्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल राष्ट्र बैंकको टक्सार महाशाखालाई पत्र पठाएको छ । टक्सार महाशाखाका अनुसार सुन जोख्ने प्रक्रिया अब सुरु हुने बताइएको छ । महाशाखाले सुनसहितको १५५ किलो तौल भएको ‘ब्रेक शु’ २ साउनमा बरामद गरेको थियो । सुरुमा उक्त प्रकरणको अनुसन्धान राजस्व अनुसन्धान विभागले गरेको थियो । त्यसपछि उक्त प्रकरणमा छानविन गर्न …

पुरा पढ्नुहॊस »

यौन दुर्व्यवहार आरोपमा ‘चाइल्ड केयर सेन्टर’का सञ्चालक पक्राउ

काठमाडौं । बाल यौन दुर्व्यवहारको आरोपमा एक बाल हेरचाह केन्द्र (चाइल्ड केयर सेन्टर) का सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर प्रहरी परिसरको टोलीले हुम्लाको सिमकोट गाउँपालिका-६ घर भई बुङमतीमा बस्दै आएका ४१ वर्षीय दत्तसिंह बुढालाई नियन्त्रणमा लिएको हो । बुढाले ललितपुरमै ब्लेस हाउस एन्ड चाइल्ड केयर सेन्टर सञ्चालन सञ्चान गरेका थिए । ललितपुरका प्रहरी प्रमुख एवं एसएसपी सिद्धविक्रम शाहका अनुसार सोही चाइल्ड केयरमा बस्दै आएकी आठ वर्षीया बालिकाको संवेदनशील …

पुरा पढ्नुहॊस »

नवनियुक्त मन्त्री अनितादेवी साहले लिइन् शपथ

काठमाडौँ । जनमत पार्टीकी सांसद अनिता देवी साहले मन्त्री पदको शपथग्रहण गरेकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ ग्रहण गराएका हुन् । उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि सामान्य प्रशासन मन्त्री माओवादी केन्द्रका अमनलाल मोदी थिए । जनमत पार्टीलाई सरकारमा सहभागी गराउन मोदीलाई माओवादी केन्द्रले आइतबार सरकारबाट फिर्ता बोलाएको थियो ।

पुरा पढ्नुहॊस »

माधव नेपालले विमानस्थलमै भने- ‘राजाले गिरफ्तार गर्न खोज्दा त नभागेको म भाग्ने खालको मान्छे होइन’

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफू भाग्ने खालको मान्छे नभएको बताएका छन् । युरोप भ्रमण छोट्याए आज स्वदेश फर्किएका अध्यक्ष नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । उनले राजाले गिरफ्तार गर्न खोज्दा नभागेको भन्दै आफू भाग्ने खालको मान्छे नभएको बताए । ‘अपराध नगरेको, गल्ती नगरेको र भ्रष्टाचार नगरेको मान्छे भाग्ने कुरै हुँदैन,’ अध्यक्ष नेपालले भने, ‘राजाले गिरफ्तार गर्न खोज्दा त नभागेको म …

पुरा पढ्नुहॊस »

संसद्‌मा टोपबहादुर निलम्बन र सुनिल शर्मा रिहाबारे जानकारी गराइने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु हुने कार्यतालिका छ । आजको संसद् बैठकका लागि आठबुँदे सम्भावित कार्यसूचीको बुँदा नम्बर ३ मा ‘नियम २४८ बमोजिमको जानकारी’ उल्लेख छ । जसमा टोपबहादुर रायमाझी सांसद पदबाट निलम्बन भएको जानकारी गराउनेदेखि प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्मा थुनामुक्त भएको जानकारी गराउनेसम्मका कार्यक्रम छन् । आठबुँदे सम्भावित कार्यसूची :-

पुरा पढ्नुहॊस »

उपराष्ट्रपति यादव साताब्यापी चीन भ्रमणमा जाँदै

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव आजवाट उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्कने भएका छन् । उपराष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक बैदेशिक यात्रामा निस्कन लागेका यादवले जनवादी गणतन्त्र चीनको साताब्यापी भ्रमण गर्नेछन् । चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ तथा ‘२७ औँ चीन कुनमिङ्ग आयात–निर्यात मेला’मा बिशेष अतिथिको रुपमा उनी चीन भ्रमणमा जान लागेका हुन । परराष्ट्र मन्त्रालयका अनुसार उपराष्ट्रपति यादव आगामी साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म …

पुरा पढ्नुहॊस »

कागबेनीमा बाढी, पक्की पुल र प्रहरी चौकीसहित १० घर बगायो (तस्बिरहरू)

काठमाडौँ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा आइतबार साँझ बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलाबाट आएको बाढी पसेर भौतिक संरचनामा क्षति पुर्‍याएको हो । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङका अनुसार बाढीले १० घर तथा होटल, प्रहरी चौक, जोमसोम-कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मान्छे हिंड्ने पुल, दुई गाडी र तीन विद्युत्‌का पोल बगाएको छ । ‘कागबेनीभन्दा …

पुरा पढ्नुहॊस »

सहमति नजुटेपछि सरकार आफैँ न्यूनतम पारिश्रमिक तोक्ने तयारीमा

काठमाडौँ । श्रमिकको न्यूनतम पारिश्रमिक सम्बन्धमा सरकार, रोजगारदाता ट्रेड युनियनबिच सहमति जुट्न नसके पनि सरकारले आफ्नो अधिकार प्रयोग गरेर पारिश्रमिक तोक्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डण्डुुराज घिमिरेको संयोजकत्वमा गठन भएको न्यूनतम पारिश्रमिक निर्धारण समितिको धेरै पटकको बैठकमा रोजगारदाता र ट्रेड युनियनका प्रतिनिधिबिच सहमति हुुन नसकेपछि मध्यमार्गीको भूमिकामा रहेको सरकारले अन्तिम निर्णय लिने तयारी गरेको हो । सहसचिव घिमिरे नेतृत्वको समितिमा श्रमिकका तर्फबाट प्रतिनिधित्व …

पुरा पढ्नुहॊस »

सप्तकोशीमा पानीको बहाव वर्षकै उच्च, ५६ ढोका खोलियो

काठमाडौं । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । सोमबार बिहान ४ बजेको पछिल्लो मापनअनुसार सप्तकोशी नदीमा पानीको बहाव ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको प्रशासनले जनाएको छ । पानी बहाव बढेपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका अहिले खोलिएका छन् । कोशी नदीको तटीयमा क्षेत्रमा रहेका सर्वसाधारणलाई सतर्क रहन प्रशासनले आग्रहसमेत गरेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालको पहाडी भू-भागको नजिक) …

पुरा पढ्नुहॊस »