काठमाडौं । ग्वार्कोमा निर्माणाधीन ‘फ्लाइओभर’ को नयाँ डिजाइन स्वीकृत भएको छ । नयाँ डिजाइन स्वीकृत भएसँगै अब सो ‘फ्लाइओभर’ को निर्माण अगाडि बढ्ने दाबी गरिएको छ । यसअघि तयार गरिएको डिजाइनमा समस्या देखिनुका साथै डिजाइन अनुसार उपकरण उपलब्ध नहुने भएपछि पुनः डिजाइन गरिएको थियो । यसरी तयार गरिएको नयाँ डिजाइन सडक विभागले स्वीकृत गरेको हो । सडक विभाग अन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर राकेश महर्जनले उपलब्ध हुन सक्ने उपकरणका आधारमा …
पुरा पढ्नुहॊस »डेंगीको उपचार गराइरहेका कांग्रेस नेता मुकुन्द रिजालको निधन
काठमाडौँ । काठमाडौं महानगरपालिकाका १६ नम्बर वडाका अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचारका क्रममा वडाध्यक्ष रिजालको आज बिहान साढे ६ बजे निधन भएको हो । रिजाल डेंगु संक्रमणपछि गत शुक्रबार धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका थिए । उपचारमा संलग्न चिकित्सकले पनि रिजालको निधनको पुष्टि गरेका छन् । कांग्रेसबाट विजयी बनेका रिजाल गत स्थानीय तह निर्वाचनमा एमालेका लक्ष्मीरत्न तुलाधरलाई हराउँदै वडाध्यक्षमा विजयी भएका थिए । …
पुरा पढ्नुहॊस »म्याग्दी नदीमा ट्याक्टर खस्दा एकको मृत्यु
काठमााडौं । म्याग्दी खोलामा ट्याक्टरसहित खस्दा एक जनाको ज्यान गएको छ । मालिका गाउँपालिका–६ गोज्जामा बुधबार साँझ ट्याक्टर दुर्घटना हुँदा धवलागिरी गाउँपालिका–५ का अन्दाजी २५/२६ वर्षका सुसान विश्वकर्माको मृत्यु भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए । ‘बिमबाट दरवाङतर्फ जाँदै गरेको ग १ त ७२०७ नम्बरको खाली ट्र्याक्टर सडकबाट करिब २० मिटर तल म्याग्दी नदीमा खसेको थियो । ट्याक्टरसँगै म्याग्दी नदीमा खसेर डुबेका विश्वकर्माको शव सशस्त्र प्रहरीको आश्रित …
पुरा पढ्नुहॊस »सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज पेसी
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । भदौ १० गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो । तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । त्यसपछि अदालतले आजका लागि अर्को पेसी तोकेको हो । सर्वोच्च अदालतले संवेदनशील विषयको मुद्दा भएको भन्दै अग्राधिकारसहित चाँडो फैसला गर्न आदेश दिइसकेको छ । तर, जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्दा टुङ्गोमा पुग्न सकेको …
पुरा पढ्नुहॊस »कोशी सरकारविरुद्धको रिटमा जवाफी बहस हुँदै, फैसलाको सम्भावना
काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको रिट बिहीबार पनि सर्वोच्च अदालतमा पूर्ण इजालासमा सुनवाई हुँदैछ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संबैधानिक हैसियतका बारेमा गत मंगलबारदेखि सुरू भएको सुनवाइ सर्वोच्च अदालतको पूर्ण इजालसमा सुनवाई हुन लागेको हो । निवेदक र प्रतिवादीको बहसपछि आज जवाफी बहस हुन लागेको हो । न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले उक्त मुद्दा हेरिरहेका छन् । आइतबार न्यायाधीशद्वय सपना प्रधान …
पुरा पढ्नुहॊस »सहमहामन्त्री यादवको स्वास्थ्य अवस्था स्थिर : ट्रमा सेन्टर
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था स्थिर रहेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत रहेका उनको स्वास्थ्य अवस्था स्थिर र चिकित्सकको निगरानीमा सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा बद्री रिजालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । सहमहामन्त्री यादवको टाउकामा गम्भीर चोट लागेको र सिटीस्क्यान गर्दा कुनै पनि आन्तरिक चोट नदेखिएको उनले बताए । उनको टाउकाको पछिल्लो भागमा रहेको घाउलाई न्यूरोसर्जन चिकित्सकद्वारा शल्यक्रिया …
पुरा पढ्नुहॊस »कस्तो छ आजको मौसम ?
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना …
पुरा पढ्नुहॊस »सहमहामन्त्री यादवमाथि भएको साङ्घातिक हमलाको कांग्रेसले गर्यो भर्त्सना
काठमाडौँ । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवमाथि आज भएको साङ्घातिक हमलालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिई घटनाको निन्दा गरेको छ । घटनाको कांग्रेसले घोर निन्दा र भर्त्सना गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रिपोर्टर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा भएको आक्रमणपछि घाइते यादवको अहिले काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको पनि उनले बताए ।
पुरा पढ्नुहॊस »बालिका बलात्कार कसुरमा एक युवकलाई कैद र जरिवाना
काठमाडौं । उदयपुर जिल्ला अदालतले १२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १९ वर्षीय एक युवकलाई १८ वर्ष कैद र रु छ लाख २० हजार जरिवाना गर्ने फैसला गरेको छ । आरोपी युवक बेलका नगरपालिका–५ बस्ने वर्ष १९ वर्षीय सुशान्त मगर हुन । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजालासले मङ्गलवार सो सजाय सुनाएको जिल्ला अदालतका स्रेस्तेदार भेषराज भट्टराईले बताए । वि.सं २०७८ फागुन १३ गते एक बालिकालाई निज मगरले जबरजस्ती गरेपछि …
पुरा पढ्नुहॊस »भृकुटीमण्डमा कांग्रेस सहमहामन्त्रीमाथि खुकुरी प्रहार
काठमाडौं । कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी भएका यादवमाथि एक समूहले खुकुरी प्रहार गरेको हो । खुकुरी प्रहारबाट यादव घाइतेलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । खुकुरी प्रहार गर्ने नुवाकोट विदुर नगरपालिका-७ का श्याम सापकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए । सापकोटाले आफू अभियान्ता भएको बताएका छन् ।
पुरा पढ्नुहॊस »