काठमाडौँ । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवमाथि आज भएको साङ्घातिक हमलालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिई घटनाको निन्दा गरेको छ ।
घटनाको कांग्रेसले घोर निन्दा र भर्त्सना गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
रिपोर्टर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा भएको आक्रमणपछि घाइते यादवको अहिले काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको पनि उनले बताए ।
प्रतिकृया दिनुहॊस