बालिका बलात्कार कसुरमा एक युवकलाई कैद र जरिवाना

काठमाडौं । उदयपुर जिल्ला अदालतले १२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १९ वर्षीय एक युवकलाई १८ वर्ष कैद र रु छ लाख २० हजार जरिवाना गर्ने फैसला गरेको छ ।

आरोपी युवक बेलका नगरपालिका–५ बस्ने वर्ष १९ वर्षीय सुशान्त मगर हुन । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजालासले मङ्गलवार सो सजाय सुनाएको जिल्ला अदालतका स्रेस्तेदार भेषराज भट्टराईले बताए ।

वि.सं २०७८ फागुन १३ गते एक बालिकालाई निज मगरले जबरजस्ती गरेपछि भोलिपल्ट पीडितका आफन्तले रामपुरस्थित इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

प्रहरीले तत्काल मगरलाई पक्राउ गरेर अनुसन्धानपछि चैत ८ गते जिल्ला अदालतमा अभियोग पत्र दर्ता गराएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री