काठमाडौँ । काठमाडौं महानगरपालिकाका १६ नम्बर वडाका अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा उपचारका क्रममा वडाध्यक्ष रिजालको आज बिहान साढे ६ बजे निधन भएको हो ।
रिजाल डेंगु संक्रमणपछि गत शुक्रबार धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका थिए । उपचारमा संलग्न चिकित्सकले पनि रिजालको निधनको पुष्टि गरेका छन् ।
कांग्रेसबाट विजयी बनेका रिजाल गत स्थानीय तह निर्वाचनमा एमालेका लक्ष्मीरत्न तुलाधरलाई हराउँदै वडाध्यक्षमा विजयी भएका थिए । कांग्रेसको काठमाडौं-७ का सभापतिसमेत रहेका रिजाल गत स्थानीय तहको निर्वाचनमा दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका थिए ।
तपाईंको प्रतिकृया




