म्याग्दी नदीमा ट्याक्टर खस्दा एकको मृत्यु

काठमााडौं । म्याग्दी खोलामा ट्याक्टरसहित खस्दा एक जनाको ज्यान गएको छ । मालिका गाउँपालिका–६ गोज्जामा बुधबार साँझ ट्याक्टर दुर्घटना हुँदा धवलागिरी गाउँपालिका–५ का अन्दाजी २५/२६ वर्षका सुसान विश्वकर्माको मृत्यु भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

‘बिमबाट दरवाङतर्फ जाँदै गरेको ग १ त ७२०७ नम्बरको खाली ट्र्याक्टर सडकबाट करिब २० मिटर तल म्याग्दी नदीमा खसेको थियो । ट्याक्टरसँगै म्याग्दी नदीमा खसेर डुबेका विश्वकर्माको शव सशस्त्र प्रहरीको आश्रित गुल्म गलेश्वर र नेपाल प्रहरीको टोलीले खोलाबाट निकालिएको हो,’ उनले भने ।

सशस्त्रका सहायक प्रहरी निरीक्षक उमेश ढकाल नेतृत्वमा १० जना तालिम प्राप्त प्रहरीको टोली घटनास्थल पुगेको थियो । मृतकको शव परीक्षणका लागि बेनी अस्पताल ल्याएको र दुर्घटनाको अनुसन्धान जारी रहेको घटनास्थल पुगेका प्रहरी नायव उपरीक्षक कुँवरले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप