समाचार

इजरायलको हमास नियन्त्रित क्षेत्रबाट ३२ नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा सारियो

काठमाडौं । इजरायलको द्वन्द्वनग्रस्त क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा लगिएको छ । हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपाली विद्यार्थीलाई उद्धार गरिएको छ । इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानतर्फ लगेको हो । आजै सरकारले इजरायली पक्षसँग कुरा गरी युद्ध क्षेत्रमा रहेका विद्यार्थीलाई सुरक्षित स्थानमा लग्न आग्रह गरेको थियो । सोही अनुसार उनीहरूलाई सुरक्षित स्थानमा लगिएको हो । विद्यार्थी टोलीमध्येका एक लुइस रिजालले फेसबुकमा लाइभ …

पुरा पढ्नुहॊस »

इजरायल घटनामा मृतकका परिवार लाई १० लाख दिने निर्णय, भोलि राष्ट्रिय शोक

काठमाडौँ । सरकारले इजरायलमा निधन भएका विद्यार्थीको सम्मानमा मङ्गलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले निधन भएका विद्यार्थीको सम्मानमा देशैभरका सरकारी कार्यालय र विदेशी नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको हो । गृह मन्त्रालयले पनि त्यससम्बन्धी परिपत्र गरिसकेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार निधन भएका परिवारलाई राहतस्वरूप प्रतिपरिवार १० लाख रुपियाँ दिने दिने निर्णय भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले पनि प्रतिपरिवार …

पुरा पढ्नुहॊस »

दुर्गा प्रसाईंलाई कालो मोसो दलियो

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालो मोसो दलिएको छ । एल्लो प्यागोडा होटेल परिसरमा प्रसाईँलाई एमालेको एक समूहले कालो मोसो दलेको हो । प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापामा ल्याएर ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ घोषणा गरेका थिए । त्यसयता उनले अन्य विभिन्न व्यवसायीहरुलाई लक्षित गरेर विवादास्पद अभिव्यक्ति दिँदै आएका छन् ।

पुरा पढ्नुहॊस »

इजरायलमा मृत्यु भएका ७ जना विद्यार्थीका परिवारलाई प्रदेश सरकारले दुई लाख दिने

काठमाडौँ । इजरायलमा मृत्यु भएका सुदूरपश्चिमका ७ जना विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाखका दरले रकम दिने निर्णय गरेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विद्रोही समूहको आक्रमणबाट ज्यान गुमाएका सुदूरपश्चिमका विद्यार्थीहरूका परिवारलाई दुई-दुई लाख रुपैयाँ उपलब्ध गराइने जनाएको छ। मुख्यमन्त्री कमल शाहले हस्ताक्षर गरेको विज्ञप्तिमा इजरायलबाट शव ल्याउन सहजीकरण गरिदिन संघीय सरकारलाई अनुरोधसमेत गरेको छ। इजरायलमा आतङ्कवादी समूह हमासले गरेको हमलामा परी आइतबार …

पुरा पढ्नुहॊस »

नेपाली विद्यार्थीसँग कुरा गर्दै परराष्ट्रमन्त्रीले भने- स्थिति सहज हुनासाथ राष्ट्रिय ध्वजावाहक विमान लिन पठाउँछौँ

काठमाडौं । सरकारका परराष्ट्र मन्त्री एनपी साउँदले इजरायल मा रहेका नेपाली विद्यार्थी सँग कुराकानी गरेका छन् । आइतबार १० जना विद्यार्थीको मृत्युको खबर आएसँगै मन्त्री साउँदले इजरायलको बंकरमा लुकिबसेका नेपाली विद्यार्थीसँग कुराकानी गरेका हुन् ।

पुरा पढ्नुहॊस »

राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने १३ जना प्रहरी नियन्त्रणमा

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवास अगाडि प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाजका १३ जना मानव अधिकारवादी पक्राउ परेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा योगराज ढकाल ‘रिगल’लाई आममाफी दिएको भन्दै शीतल निवास अगाडि विरोध प्रदर्शन गरेका हुन्। निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीले १३ जनालाई नियन्त्रणमा समेत लिएको छ। विरोध प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवा र अधिकारकर्मीहरूको सहभागिता थियो। असोज २१ गतेदेखि कैद माफी …

पुरा पढ्नुहॊस »

इजरायल आक्रमणबारे समन्वय संयन्त्रले गर्‍यो यी दुई निर्णय

काठमाडौं । इजरायल आक्रमणमा मारिएका नेपालीको शव यथाशीघ्र नेपाल ल्याइने निर्णय भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठकले यथाशीघ्र शव फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने निर्णय गरेको हो । सोमबार बिहान परराष्ट्र मन्त्रालयमा बसेको संयन्त्रको बैठकले इजरायली पक्षसँग समन्वय गरी यथाशीघ्र शव फिर्ता ल्याउने निर्णय गरेको छ । बैठकले इजरायलमा रहेका नेपाली नागरिकहरूलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने निर्णय गरेको छ । १० मृतकहरूको शव …

पुरा पढ्नुहॊस »

इजरायल आक्रमण : प्रधानमन्त्रीले बोलाए क्याबिनेटलगत्तै सर्वदलीय बैठक

काठमाडौं । इजरायलमा जारी द्वन्द्वले समस्यामा परेका नेपाली नागरिकको उद्धारको विषयमा आवश्यक निर्णय लिन दिउँसो मन्त्रिपरिषद् र सर्वदलीय बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार दिउँसो ४ बजे मन्त्रिपरिषद् डाकेका हुन् । मन्त्रिपरिद् बैठक लगत्तै सोमबार साँझ ५ बजे प्रधानमन्त्रीले सर्वदलीय बैठक पनि बोलाएका प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिएका छन् । बैठकले इजरायलमा त्रासमा बसिरहेका नेपालीलाई स्वदेश फर्काउनेबारे आवश्यक निर्णय गर्नेछ । इजरायलमा जारी द्वन्द्वको मारमा …

पुरा पढ्नुहॊस »

प्रतिनिधि सभा बैठक बस्दै, विद्युत विधेयकमाथिको छलफलका लागि कार्यसूची

काठमाडाैं । प्रतिनिधिसभाकाे बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ, बैठक दिउँसाे ३ः३० बजे बाेलाइएकाे छ । संघीय संसद सचिवालयले सार्बजनिक गरेकाे सम्भावित कार्यसुची अनुसार उर्जा, जलस्राेत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक २०८० माथी बिचार गरियाेस भन्ने प्रस्ताव माथीकाे छलफलमा उठेका प्रश्नहरूकाे जवाफ दिनेछन् । साथै, सभामुख देवराज घिमिरेले विद्युत विधेयक २०८० माथी बिचार गरियाेस भन्ने प्रस्तावलाइ निर्णयार्थ प्रस्तुत गर्ने कार्यसुचीमा उल्लेख छ। सभामुख …

पुरा पढ्नुहॊस »

इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीका अनलाइन रजिस्ट्रेशनको व्यवस्था

काठमाडौँ । इजरायलमा रहेको नेपाली दूतावासले स्वदेश फर्किन चाहने नेपालीका लागि अनलाइन रजिस्ट्रेशनको व्यवस्था गरेको छ । समस्या र त्रासमा रहेका नेपाली नागरिकहरुको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भनेर सूचना संकलनको काम शुरु गरिएको दूतावासले जनाएको छ । यसको लागि दूतावासको वेबसाइट हेर्न भनिएको छ । अहिले आफू रहेकै ठाउँमा सुरक्षित रहँदै रजिष्ट्रेशन प्रक्रियामा सहभागी हुन दूतावासले आग्रह गरेको छ । यस्तै दूतावासले सूचना …

पुरा पढ्नुहॊस »