समाचार

नेपालमा टिकटक बन्द गर्ने सरकार निर्णय

काठमाडौं । सरकारले नेपालमा टिकटक बन्द गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो । रकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको बताइन् । मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ, त्यसका लागि कुनै डेडलाइन तोकिएको छैन ।

पुरा पढ्नुहॊस »

पटका पड्काउँदा मुख्य बजारमा आगलागी, ५० लाख बढीको क्षति

काठमाडौं । गएराति सुनसरी सदरमुकाम इनरुवा-१ स्थित मुख्य बजारमा आगलागी भएको छ । सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीकाअनुसार इनरुवा-१ स्थित वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी भएको हो । लक्ष्मीपूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पटका जैनको घरपछाडि रहेको रुखको बोटनजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन् । आगलागीबाट एउटा काठको घर र घरभित्र सञ्चालनमा रहेको किराना पसल पूर्ण रुपमा जलेर नष्ट हुँदा ५० लाखभन्दा बढीको क्षति भएको …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आजको पञ्चाङ्ग वि.सं. कार्तिक २७, २०८० । ई.सं. 13 Nov, 2023 । शक संवत् १९४५ । नेपाल संवत् ११४३ कौलागा । पिङ्गल दक्षिणायन शरद । सोमबार कार्तिक कृष्णपक्ष । तिथि औंसी १४:४१ बजेसम्म, त्यसपछी  प्रतिपदा । नक्षत्र विशाखा ०४:१३ बजेसम्म, त्यसपछी अनुराधा । योग सौभाग्य १६:५६ बजेसम्म, त्यसपछी शोभन । करण नाग १४:४१ बजेसम्म, त्यसपछी किंस्तुघ्न ०२:४३ बजेसम्म, त्यसपछी वव । चन्द्रराशि तुला । आनन्दादि योग मित्र । दिनमान १०:४७ …

पुरा पढ्नुहॊस »

लक्ष्मीपूजाको दिन बिजुलीको माग १४३८ मेगावाट, पिक समयमा ५१७ मेगावाट भारततर्फ निर्यात

काठमाडौँ । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) १४३८ मेगावाट रेकर्ड गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमाण्ड गत वर्षको तुलनामा १३३ मेगावाटले बढेर १४३८ मेगावाट पुगेको रेकर्ड गरेको छ । गत वर्षको ७ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १३०५ मेगावाट थियो । तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको …

पुरा पढ्नुहॊस »

यमपञ्चकको तेस्रो दिन, आज गाई पूजा

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाई तिहार मनाइँदैछ। हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ। गाईलाई पूजा गर्नाले आमाबाट पाएजस्तै माया गाईबाट पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो। गाई जगत जननी भएकाले पनि हिन्दु संस्कार अनुसार पूजा गर्ने गरेको जनविश्वास छ। गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिन्छ। आजको दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई …

पुरा पढ्नुहॊस »

तिहारले भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहारले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने बताएका छन् । तिहारको अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । उनले सबैमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका कामना गरे । ‘तिहारका माध्यमबाट प्रकट हुने मानवीय उज्यालोले हाम्रो जीवनमा प्रकाश छरी हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस् भन्ने कामना गर्दछु’ ,उनले जारी गरेको …

पुरा पढ्नुहॊस »

भूकम्पमा घर भत्किएका परिवारलाई तत्काल ४० हजार दिन गगन र विश्वप्रकाशको प्रधानमन्त्रीलाई सुझाव

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भूकम्प प्रभावित क्षेत्रबाट फर्किएपछि जरुरी सुझावसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् । भूकम्पबाट ठूलो जनधनको क्षति भएको क्षेत्र जाजरकोट र रुकुम पश्चिमबाट फर्किएपश्चात् महामन्त्रीद्वयले नागरिकको अपेक्षा र आफ्ना सुझावसहित प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका हुन् ।

पुरा पढ्नुहॊस »

कोशी प्रदेशमा हल्का वर्षा, हिमाली भू–भागमा हिमपातको सम्भावना

काठमाडौँ । अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का …

पुरा पढ्नुहॊस »

एसपीले चलाएको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्युु

दमक । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी)ले चलाएको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा झापाको कमल गाउँपालिका–६ का एक युवकको मृत्यु भएको छ । कन्काइ नगरपालिका-८ बिरिङ पुलस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार कमल-६ का १८ वर्षीय अनिल मर्डीको मृत्यु भएको हो । शुक्रबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक कमल-६ का १९ वर्षीय खगेन्द्र ताजपुरीया र सोही ठाउँका १८ वर्षीय पुजन राजवंशी घाइते भएका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले …

पुरा पढ्नुहॊस »

धादिङको ज्वालामुखी केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । धादिङमा भूकम्प गएको छ । शनिबार राति ११ बजेर २३ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिका-५ खरी केन्द्रबिन्दु बनाएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको हो । भूकम्पबाट क्षति नभएको बताइएको छ । खरी केन्द्रबिन्दु बनाएर कात्तिक ५ गते ६.१ म्याग्नेच्युडको भूकम्प गएको थियो ।

पुरा पढ्नुहॊस »