काठमाडौं । अभियन्ता तारा बराल र नेपाल प्रहरीका पूर्व एआईजी रणबहादुर चन्दबीच बिहे गर्ने सहमति भएको छ । उनीहरूबीच बिहे गर्ने सहमति भएको कागजात समेत गरिएको छ । चन्द डिभोर्सी हुन् भने बराल एकल महिला हुन् । यसअघि नै चन्द र बरालबीच सम्बन्ध रहेको चर्चा चलेको थियो । उनीहरूले कानुनी रूपमै बिहेको प्रक्रिया अगाडि बढाएका हुन् । तीन जनालाई साक्षी किनारामा राखेर उनीहरूले गरेको सहमतिको कागजमा पछिल्लो समय आफूहरूलाई जोडेर …
पुरा पढ्नुहॊस »अमेरिकामा परराष्ट्रमन्त्री साउद र एमसीसीका सीईओबीच भेटवार्ता
काठमाडौँ । अमेरिकाको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउद र मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) का सीईओ एच.ई. एलिस अल्ब्राइटसँग भेटवार्ता भएको छ । वासिङ्टन डिसीमा भएको उनीहरूको भेटवार्ता एमसीसी परियोजना समयमै कार्यान्वयन गर्नेमा केन्द्रित थियो ।
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
आज सानातिना समस्यामा अल्झनुपर्नेछ । वैदेशिक कार्यमा बाधा आउनेछ । प्रेममा मनमुटाव पनि आउन सक्छ, तर धन हात पर्न सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »सर्वोच्चको आदेशपछि नेपालगञ्जबाट पक्राउ परे रिगल
काठमाडौं – सर्वोच्च अदालतले आममाफी दिने निर्णय बदर गरेसँगै योगराज ढकाल रिगललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बाँकेको नेपालगञ्जबाट पक्राउ गरिएको हो । उनलाई दाङस्थित जिल्ला कारागारबाट छाडिएको थियो। अब उनलाई दाङकै कारागारमा लगिने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी कुबेर कडायतले नेपालखबरलाई जानकारी दिए । यो पनि : रिगलको आममाफी बदर, पक्राउ गरेर सजाय भुक्तानी गराउन सर्वोच्चको आदेश
पुरा पढ्नुहॊस »निरन्तर संसद अवरुद्ध भए यो व्यवस्था नै कमजोर हुन्छ : रमेश लेखक
काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले निरन्तर संसद् अवरुद्ध भए यो व्यवस्था नै कमजोर हुने बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले वैशाख २४ गतेदेखि सुरु भएको बर्खे अधिवेशन ७ महिना चल्दा ११ पटक सूचना टाँस गरेर स्थगित भएको र विभिन्न कारणले पटक पटक अवरोध भएको बताए । सांसद लेखकले भने, ‘संसदमा विभिन्न विचार भावहरूको टकराब हुनु स्वाभाविक हो । आफ्ना दृष्टिकोणहरूलाई …
पुरा पढ्नुहॊस »सर्वोच्चको फैसला सुनेपछि भकानिइन् भारती
काठमाडौं । आफ्ना श्रीमानको दिनहाडै खुँडा प्रहार गरी हत्या गर्ने योग ढकाल ‘रिगल’ को कैद सजाय मिनाहा भएपछि सर्वोच्च अदालत पुगेकी भारती शेर्पाले मुद्दा जितेकी छन् । संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकेका रिगलको बाँकी कैद सजाय मिनाहा गरेपछि भारती सर्वोच्च मात्र पुगेकी थिइनन्, अनशनमा समेत बसेकी थिइन् । बिहीबार सर्वोच्चले उनको कैद माफी मिनाहा गर्ने निर्णय उल्ट्याउँदै रिगललाई पक्राउ गर्दा परमादेशको फैसला सुनाउँदा सर्वोच्चमा रहेकी भारती …
पुरा पढ्नुहॊस »रिगलको आममाफी बदर, पक्राउ गरेर सजाय भुक्तानी गराउन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश दिएको छ । कामु प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासले सो आदेश दिएको हो । इजलासले रिगललाई तुरुन्त पक्राउ गरेर उनको मिनाहा गरिएको कैद सजाय भुक्तानी गराउन आदेश दिएको छ । सञ्चारमाध्यमहरुलाई विचाराधीन मुद्दामा समाचार सम्प्रेषण गर्दा संवेदनशील बन्न समेत आग्रह गरेको छ । संविधान दिवसका अवसरमा पुष्पकमल दाहाल …
पुरा पढ्नुहॊस »सरकारले गर्यो अर्याल र पुडासैनीलाई सचिवमा बढुवा
काठमाडौँ । सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गरेको हो । बैठकले आज राति १२ बजेबाट चालु संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वालाले जानकारी दिए । मन्त्री ज्वालाले भने, ‘मन्त्रीपरिषद्को बैठकले आज राति १२ बजेबाट चालु संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सिनियारिटीको हिसाबले राधिका अर्याल प्रशासनिक …
पुरा पढ्नुहॊस »चालु संसद्को अधिवेशन राति १२ बजेबाट अन्त्य गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संसदको चालु अधिवेशन आजै मध्यरातिदेखि अन्त्य गर्ने निर्णय गरेको हो । बैठकले सहसचिव राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
पुरा पढ्नुहॊस »अख्तियारले २१ सचिव र महानिर्देशकलाई गरायो सचेत
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारका २१ वटै मन्त्रालयका सचिव तथा विभिन्न विभागका महानिर्देशकलाई बोलाएर सचेत पारेको छ । अख्तियारले सचिव तथा महानिर्देशकहरूले विकास निर्माण, सुशासन र सेवा प्रवाहको कार्यमा बेवास्ता गरेको भन्दै आफ्नो जिम्मेवारीअनुसारका काम कारबाही गर्न आवश्यक निर्देशन दिएको छ । अख्तियारले विभिन्न विकास निर्माण र भौतिक पूर्वाधारको जिम्मेवारी पाएका मन्त्रालय र सेवा प्रवाहको जिम्मेवारीमा रहेका मन्त्रालयलका सचिव तथा महानिर्देशकहरूलाई दुई भागमा विभाजन गरी सोमबार र मंगलबार …
पुरा पढ्नुहॊस »