नारायणगढमा मोटरसाइकल पल्टिँदा दुई जनाको मृत्यु

काठमाडाैं । भरतपुर महानगरपालिका-२ नारायणगढ लिलाचोक नजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवलपुर जिल्ला गैंडाकोट नगरपालिका-५ काँग्रेसचोकका २६ वर्षीय रबिन थापा र लमजुङ दूधपोखरी गाउँपालिका-६ का ४० वर्षीय पुर्णबहादुर गुरूङ रहेका छन् । थापाले मोटरसाइकल चलाएका थिए ।

शुक्रबार राति १ बजेर २० मिनेट जाँदा लिलाचोक भित्री सडकमा नारायणगढ सहिचोकबाट पोखरा बसपार्क जाँदै गरेको बा प्र प ०६-००२ प ३१४५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर पल्टेको थियो ।

दुर्घटनापछि गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा भर्ना गरिएकोमा दुवैको त्यही मृत्यु भएको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेविरुद्ध तीनवटा कसुरमा मुद्दा चलाउने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध तीनवटा गम्भीर कसुरमा मुद्दा चलाउने तयारी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अघि बढाउने प्रक्रिया थालिसकेको हो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सहकारी छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि प्रहरीले जिल्ला स्तरमा मुद्दा दर्ता गर्नेछ ।

प्रतिकृया दिनुहॊस