सुनको मुल्यमा कीर्तिमान

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन तोलामा १७ सयले बढेपछि आज प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको हो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।

यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १९२० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एयरपोर्ट नजिकै खुल्यो प्रेसिडेन्ट होटल

काठमाडौँ । त्रिभुवन विमानस्थल नजिकै शम्भुमार्गमा प्रेसिडेन्ट होटल सञ्चालनमा आएको छ । प्रेसिडेन्ट ग्रुपले आफ्नो …

प्रतिकृया दिनुहॊस