प्रतिनिधि सभा बैठक बस्दै, विद्युत विधेयकमाथिको छलफलका लागि कार्यसूची

काठमाडाैं । प्रतिनिधिसभाकाे बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ, बैठक दिउँसाे ३ः३० बजे बाेलाइएकाे छ ।

संघीय संसद सचिवालयले सार्बजनिक गरेकाे सम्भावित कार्यसुची अनुसार उर्जा, जलस्राेत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक २०८० माथी बिचार गरियाेस भन्ने प्रस्ताव माथीकाे छलफलमा उठेका प्रश्नहरूकाे जवाफ दिनेछन् ।

साथै, सभामुख देवराज घिमिरेले विद्युत विधेयक २०८० माथी बिचार गरियाेस भन्ने प्रस्तावलाइ निर्णयार्थ प्रस्तुत गर्ने कार्यसुचीमा उल्लेख छ।

सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार सबन्धी पत्रकाे ब्याेहाेरा पढेर सुनाउने संसद सचिवालयले जनाएकाे छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नआत्तिनुहोस्, आर्थिक सुधारको काम हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन् । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले देशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा छलफल भइरहेको बताएका हुन् ।

प्रतिकृया दिनुहॊस