काठमाडाैं । गत मङ्सिर ६ गते बोरामा मृत भेटिएका शवको अहिलेसम्म पनि सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनले मृतकको सनाखतका लागि मृतकहरुको स्केच सार्वजनिक गरेको भए पनि अहिलेसम्म सनाखत हुन नसकेको हो । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार ‘डिजिटल मेनुप्लेट इमेज’ सार्वजनिक गरेको भए पनि अहिलेसम्म सनाखत हुन सकेको छैन । भरतपुर महानगरपालिका वडा नं १२ मिलनचोकस्थित पूर्व–पश्चिम लोकमार्गको गोन्द्राङ् केन्द्रीय बस टर्मिनल (बसपार्क) …
पुरा पढ्नुहॊस »सर्वोच्च अदालतले टिकटक प्रतिबन्धबारे ५ महिनापछि मात्रै फैसला गर्ने
काठमाडौं । नेपालमा सर्वाधिक लोकप्रिय सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयमाथि सर्वोच्च अदालतले तत्काल कुनै फैसला नदिने भएको छ । केही दिनअघिको संयुक्त इजलासले टिकटक प्रतिबन्ध खारेजीको माग गर्दै दायर भएका रिटहरूमाथिको सुनुवाइ पाँच महिनापछि धकेलिदिएको हो । सामाजिक सद्भाव र सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै २७ कात्तिकमा मन्त्रीपरिषद् बैठकले टिकटकमाथि रोक लगाउने निर्णय गरेको थियो । त्यस लगत्तै सरकारको उक्त निर्णयले वाक् तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक अधिकार हनन् …
पुरा पढ्नुहॊस »रुस-युक्रेन युद्धमा कैलालीका भरत शाहको मृत्यु
काठमाडौं । रुस-युक्रेन युद्धमा कैलाली टीकापुरका एक युवकको ज्यान गएको खुलेको छ । रुसी सेनाका तर्फबाट युद्धमा सामेल टीकापुर नगरपालिका-१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्युको खबर परिवारका सदस्यले केही दिन अघि पाएका हुन् । उनीहरुले आइतबार कुशको शव बनाएर भरतको अन्त्येष्टि गरेका छन् । २६ नोभेम्बर (मंसिर १० गते) नै भरतको मृत्यु भएको खबर भर्खरै पाएको उनका दाजु नाताका बिर्ख शाहले जानकारी दिएका छन् । भरतसँगै रुसी सेनाका तर्फबाट …
पुरा पढ्नुहॊस »पर्यटन मन्त्रालयले भन्यो- ‘नेपाल एयरलाइन्सबाट ग्राउण्ड ह्याण्डलिङ खोस्नेबारे निर्णय भएको छैन’
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्स (नेवानि)बाट भूमिस्थ सेवा (ग्राउण्ड ह्याण्डलिङ) खोस्नेबारे छलफलसम्म नभएको बताएको छ । नेवानिले गरिरहेको ग्राउण्ड ह्याण्डलिङ खोस्नेबारे कुनै छलफल र आधिकारिक निर्णय नभएको मन्त्रालयले स्पष्ट पारेको हो । आइतबार नेपाल एयरलाइन्समा क्रियासिल ट्रेड युनियनलाई पत्र पठाउँदै यस विषयमा मन्त्रालयमा कुनै छलफल र आधिकारिक निर्णय नभएको स्पष्ट पारेको छ । सरकारले निर्णय नगरेसम्म निगमको भूमिस्थ सेवा सोही कम्पनीमै रहने …
पुरा पढ्नुहॊस »टिपरको ठक्करबाट दुई युवकको मृत्युपछि दाङमा प्रदर्शन, गाउँपालिका उपाध्यक्षसहित पक्राउ
काठमाडौं । दाङमा टिपरको ठक्करबाट दुई युवकको मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध गरेका छन् । शुक्रबार राति टिप्परको ठक्करबाट प्युठानका दुई युवाको मृत्युको घटनालाई लिएर आइतवार बिहानदेखि प्रदर्शन भएको हो । सडक अवरुद्ध गरेर प्रदर्शन गरेपछि प्रहरीले मृतकका केही आफन्तलाई नियन्त्रणमा लिएको छ । सोही क्रममा आइतबार बिहानदेखि सडक अवरुद्ध गर्न खोजेपछि प्रहरीले प्युठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल, नौबहीनी गाउँपालिका–६ का वडाअध्यक्ष मानबहादुर केसी र मृतक दुई युवाका दाजु तथा …
पुरा पढ्नुहॊस »विवाहपञ्चमीमा १८ जना पाकेटमार पक्राउ
काठमाडौँ । जनकपुरमा सीताराम विवाहपञ्चमी महोत्सवमा पाकेटमारी तथा अबान्छित गतिविधि गर्ने १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । भिडभाडको मौकाछोपी श्रद्धालुभक्तजनको पाकेट मार्ने तथा दुर्व्यवहार गर्ने १८ जनालाई नियन्त्रणमा लिएको धनुषाका प्रहरीले जनाएको छ । दिउँसो १ बजेसम्म पक्राउ परेका उनीहरूलाई जनकपुरधामस्थित गोपाल धर्मशालामा प्रहरी यनिट स्थापना गरी राखिएको छ । उनीहरूमाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
पुरा पढ्नुहॊस »गोविन्द केसीको काम देश र जनताको हितमा देखिन्न : भीम रावल
काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले डा. गोविन्द केसीको काम देश र जनताको हितमा नभएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले कैलालीको गेटामा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोज्ने डा. गोविन्दको सर्वत्र विरोध हुनुपर्ने बताएका हुन् । उनले लेखेका छन्, ‘डा. गोविन्द केसीको काम देश र जनताको हितमा देखिन्न। सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोज्ने डा. गोविन्दको सर्वत्र विरोध हुनपर्छ। देशमा …
पुरा पढ्नुहॊस »पुनः निर्माण गर्नुभन्दा घर भत्कनै नदिने योजना चाहियो : महामन्त्री शर्मा
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चार वर्षपछि हुने चुनावको चिन्ता नलिन र काममा केन्द्रित हुन आवश्यक रहेको धारणा राखेका छन् । प्रेस युनियन बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले ‘मिसन–८४’ भन्दा ‘भिजन–९५’ मा लाग्न सुझाव दिए । उनले चुनावको चिन्ता लिनुभन्दा पनि २०९५ सालसम्म के काम गर्न सकिन्छ भनि विकासको खाका तयार गर्न लाग्नुपर्नेमा जोड दिए । ‘नेपालमा भूकम्पपछि घर पुनःनिर्माण गर्नुभन्दा घर भत्कनै नदिने योजना …
पुरा पढ्नुहॊस »छतबाट खसेका अनुसन्धान विभागका असईको निधन
काठमाडौँ । कैलालीमा घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान सहायक (असई)को निधन भएको छ । धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोल बस्ने अनुसन्धान सहायक रवीन्द्र (रमेश) भट्टको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचारका क्रममा निधन भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता कुलदिप चन्दले भट्टको निधन भएको जानकारी दिए । उनी मंगलबार बिहान आफ्नै घरको छतबाट खसेर घाइते भएका थिए । बेहोस अवस्थामा उद्धार गरिएका …
पुरा पढ्नुहॊस »टिप्परलाई ‘ओभरटेक’ गर्न खोज्दा बस खस्यो, १८ यात्रु घाइते
दमौली । मुग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँको व्यास नगरपालिका-१२ कमलबारीमा दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । ग२ख १४५९ नम्बरको बसले टिप्परलाई ‘ओभरटेक’ गर्ने क्रममा सडकबाट तल खस्न गई दुर्घटना भएको हो । दुर्गटनामा परी तनहुँ भानु नगरपालिका वडा नं १ साजबोटेका १० वर्षे असिमा साही, भानु नगरपालिका वडा नं ३ चाम्बासका २१ वर्षे सबिता सुनार, १९ वर्षे सबिना सुनार, मोरङ कटेरी गाउँपालिका वडा नं २ का ३० …
पुरा पढ्नुहॊस »